मुख्य समाचार

१३ वर्षीया बालिका बलात्कारको आरोपमा तीन महिना जेल

उदयपुर । जिल्ला अदालत उदयपुरले १३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा एक किशोरलाई बिहीबार तीन महिनाको जेल सजायसहित १० हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ । बालिकालाई यौन दुव्र्यवहार गरेको कसुरमा तीन महिना जेल सजाय पाउने कसुरदार किशोर जिल्लाकै लिम्चुङबुङ गाउँपालिका–२ ताम्लीछाका १८ वर्षीय […]

जीपसहित काठ तस्करी गर्ने दुई पक्राउ

बेदकोट नगरपालिका–७ वसन्तपुरबाट प्रहरीले बिहीबार म१च ३०१ नंको बलेरो जीपबाट काठ तस्करीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । जीपमा फल्स बटम बनाई लुकाइछिपाइ अवैध काठ तस्करी भइरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले जीपमा तस्करी भइरहेको काठसहित बिहीबार दुई जनालाई पक्राउ […]

चहलपहल ह्वात्तै बढेपछि ताप्लेजुङमा संक्रमणको जोखिम बढ्यो

८ असोज, ताप्लेजुङ । हरेक दिन कोभिड–१९ अर्थात् कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ । बुधबारसम्म मुलुकभर सक्रिय संक्रमितको संख्या १७ हजार नाघेको छ भने संक्रमणबाट निधन हुनेको संख्या ४३६ पुगेको छ । यसरी संक्रमितको संख्या बृद्धि हुँदै गए अझ खराब अवस्था आउन सक्ने भन्दै […]

सप्तरीमा कोरोनाबाट सरकारी कर्मचारीको मृत्यु

सांकेतिक तस्विर

काठमाडौं – कोरोना भाइरस संक्रमणका कारण सप्तरीमा सरकारी कर्मचारीको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालयमा कार्यरत सत्यनारायण यादवको मृत्यु भएको सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले रातोपाटीलाई बताए । सत्यनायारायण जिल्ला प्रशासन कार्यालयका कार्यालय सहयोगी हुन् । प्रमुख जिल्ला अधिकारीको भान्से समेत […]

मौसम पूर्वानुमानः आज पनि अति भारी वर्षा

मौसम पूर्वानुमान महाशाखाले आज पनि अति वर्षा वर्षाको सम्भावना रहेको जनाएको छ । बिहीबारको मौसम पूर्वानुमान जारी गर्दै महाशाखाले हाल भारतको मध्य प्रदेशको पूर्वी भूभागमा न्युन चापीय क्षेत्र रहेको छ। साथै यो न्युन चापिय क्षेत्र उत्तर–पुर्व सर्दै गरेको जनाएको छ । अहिले देशभर सामान्य देखि […]

हराएको लाइसेन्सको आवेदन अनलाइनबाटै दिन सकिने

काठमाडौं – ट्राफिक प्रहरीले हराएको सवारी चालक अनुमति पत्र अनलाइन आवेदनका आधारमा दिने व्यवस्था गरेको छ । ट्राफिक महाशाखाले थप प्रविधिमैत्री र सेवाग्राहीलाई सहज बनाउनका लागि अनलाइन फाराम भर्न मिल्ने व्यवस्था मिलाएको हो । महाशाखाले घरबाटै अनलाइन फाराम भरेर सेवाग्रहीले चालक अनुमति पत्र, सवारी दर्ता […]

सामूहिक बलात्कार गरी फरार रहेका १२ वर्षपछि पक्राउ

६ असोज, इलाम । इलाममा जबर्जस्ती करणी गरी फरार रहेका दुई अभियुक्त १२ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय इलामले चुलाचुली–३ का ३० वर्षीय मिलन भनिने अनिश राई र ३१ वर्षीय जितकुमार भनिने निश्चल राईलाई पक्राउ गरेको हो । फैसला कार्यान्वयन प्रक्रियालाई तीव्रता […]

मापदण्डविपरीत स्यानिटाइजर उत्पादन गर्ने उद्योग कारबाहीमा

काठमाडौं । काठमाडौंका चार र भक्तपुरका एक गरी पाँच स्यानिटाइजर उद्योग कारबाहीका परेका छन् । मापदण्डविपरीत स्यानिटाइजर उत्पादन गरेको भन्दै औषधि व्यवस्था विभागले उनीहरुलाई कारबाही गरेको हो । विभागका अनुसार उनीहरुले मापदण्डविपरीत विषाक्त मिथानोल हालेर स्यानिटाइजर उत्पादन गर्दै आएका थिए । हाल ती उद्योगलाई क्षतिपूर्तिसहित […]

बराहक्षेत्रको पटनाली पुलबाट हाम्फाल्दा एक युवा मृत अवस्थामा फेला

दिपक पुरी÷नडाहासुनसरीको बराहक्षेत्र नगरपालिका वडा २ पर्ने पटनाली पुल मुनि एक युवा मृत अवस्थामा भेटिएको छ। नडाहादेखि करिव ५ किलोमिटर उत्तर र चतरादेखि १ किलोमीटर यता पर्ने पटनाली पुलबाट हाम्फालेर एक युवाको मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय महेन्द्रनगर प्रहरी प्रमुख पाण्डव राजवंशीले बताए […]

सुनसरीमा भाद्र १४ गतेसम्म लकडाउनमा थप कडाइ गरिने

सुबिन बिश्वकर्मा/ सुनसरी । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले भाद्र ७ गते १२ बजे रातीबाट लागू हुनेगरी भाद्र १४ गते राती १२ बजेसम्मका लागि जिल्लाभर अत्यावश्यक बाहेकका यातायातका साधन र ब्यापार ब्यबसायका पसलहरु बन्द गर्ने निर्णय गरेको छ । यसअघिको जारी […]

छुटेकाहरू