“मुलुकले संघीता धान्न सक्दैन ”: चित्रबहादुर केसी

सदाबहार न्यूज

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्वउपप्रधान मन्त्री चित्र बहादुर केसीले नेपाललाई देशी विदेशी शक्तिहरुले सिक्किमीकरण गर्ने तर्फ लागिरहेको आरोप लगाएका छन् । शनिबार काठमाडौंमा संवाद क्लव नेपालद्वारा आयोजित अन्तर संवाद कार्यक्रममा नेता केसीले संघीयताकै कारण मुलूक सिक्किमीकरण हुने भन्दै नेपालमा संघीयता सफल हुनै नसक्ने ठोकुवा गरेका छन् ।

केसीले भने, “बिदेशीले नेपालका राजनीतिक दल र तिनका नेताहरुलाई खेलाइरहेका छन । नेपालमा जति बेला संघीयता सफल हुन्छ । जुन बेला सार्वभौम सत्ता समाप्त हुन्छ । बिदेशीहरु नेपाललाई सिक्किमीकरण गर्ने तर्फ लागीरहेका छन् । बिदेशीहरुले नेपाललाई क्रिडास्थल बनाउन खोजिहरेका छन् । व्यवस्था खराव होइन, व्यवस्थाको संचालन गर्ने पात्रहरु खराव भए । शासकहरुले ठीसँग शासन गर्न सकेका छैनन् । गणतन्त्रको नाम लिएर ,समाजवादको नाम लिएर साम्यवादको कुरा लिएर उनीहरुले जनतालाई भ्रममा पारिरहेका छन् । सत्तामा बस्नेहरु आफनो स्वार्थ बाहेक अरु केही हेर्न सकेका छैनन् । उनीहरु सत्तामा बसिरहन चाहान्छन् ।”

नेता केसीले राजनीतिको नाममा लुटपात भइरहेको छ । राजनीति भनेको देश र जनताका लागि गर्ने हो । राजनीति ब्यापार होइन भूमाफिया तस्करहरुको घेरामा छन् ठूला दलका नेताहरु । भाग बण्डाको राजनीति भएको छ ।”

यो देश र ब्यवस्था असफल हुन थालेको गणतन्त्र र धर्मनिरपेक्षताका कारणले नभएको नेता केसीले स्पस्ट पारे । उनले भने, “यो देश असफल हुन थालेको गणतन्त्र र धर्मनिरपेक्षताका कारणले होइन , नेपालका राजनीतिक दलका नेताहरुका कारणले हो ।”

उनले फेरी दोहोर्याएर उनले भने, “मुलुकले संघीता धान्न सक्दैन । यो कुरा हामीले देखिरहेका छांै। केन्द्र र प्रदेशबीच लडाई छ । प्रजातान्त्रिक बिकेन्द्रीकृत गरेर स्थानीय तहलाई बलियो बनाएर राखनुपर्छ । जनतालाई तल अधिकार दिनुपर्छ । तर हाम्रो जस्तो यति सानो देशमा संघीयता आवश्यकता छैन ।”

सत्तारुढ दल नेकपाभित्र पछिल्लो पटक देखिएको बिवादका बिषयमा नेता केसीले पार्टी भावनात्मक रुपमा एकता नभएको दावी गरे ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटेकाहरू