भ्रष्टाचार प्रमाणित गर्न चुनौती दिन्छु :मेयर थापा

श्रावण १८ बेलका ,उदयपुर
आफूबाट भ्रष्टाचार गरेको प्रमाण पुर्याउन आन्दोलनरत बिपक्षी दलहरुलाई बेलका नगरपालिकाका मेयर दुर्गा कुमार थापाले चुनौति दिएका छन्। श्रावण १८ गते आईतबार आदिवासी जनजाति भवनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मेयर थापाले उपमेयरको भावावेशका कारण सामाजिक संजालमा लेखेको स्टाटसबाट उत्पन्न परिस्थितिलाई उपमेयरले आत्मआलोचना सहितको प्रेस नोट जारी गरिसकेको भएकोले आन्दोलनको कुनै तुक नरहेको वताउनुभयो ।
आन्दोलनको पनि आफ्नो नियम हुन्छ,अहिलेसम्म नकुनै मागपत्र छ, न कार्यक्रमको तालिका छ ,भिड मात्र उचालेर गर्न चै के खोज्या हो ? मेयर थापाले प्रतिप्रश्न गरे। भ्रस्टचार गर्यो भन्या छ,भ्रस्टचारी भन्या छ,केकेमा भएको हो भ्रष्टचार,रु कुन योजनामा रु कस्ले गर्यो स्पष्ट आउनुपर्यो।
सबै फायल खोलेर देखाउन तयार छ नगरपालिका । मेयर थापाले भने“भ्रस्टचार नै भएको भन्ने लाग्छ भने अख्तियार , सम्पत्ति शुद्धिकरण आयोग लगायतका निकायमा जान विपक्षीहरुलाई सुझाउनु भयो।
कोरोनाको उच्च जोखिमको केन्द्र बनेको ठॉउमा दिनहुँ हुलहुज्जत गरेर नागरिकको सेवा प्रवाह नै प्रभावित हुने गरि अवरोध गर्नु ठीक नभएको जिकीर गर्नुभयो।
आन्दोलित पक्षलाई आन्दोलन छाडेर खोला बाढी ,पहिरो,कटान,कोरोनाबाट प्रताडित बेलका नगर वासि जनतालाई सहयोग गरेर जनताको मन जित्न बिपक्षीहरुलाई सुझाउदै मेयर थापाले जनताको मन जित्ने काम गर्न समेत भन्नुभयो ।
नेकपा नगर अध्यक्ष मनोज तामाङले उपमेयरबाट सामाजिक संजालमा स्टाटस राखेको प्रति आत्मालोचना गरिसकेको र त्यै बिषयमा एक हप्ता भन्दा बढि देखि आन्दोलन गरेर जनतालाई दुख दिनु राम्रो नभएको टिप्पणी गरे ।
कार्यक्रममा नगर प्रबक्ता मोहन प्रसाद घिमीरे, नेकपा पार्टी सचिव गणेश बस्नेत ,नगर पार्टी प्रबक्ता ललित राई ,पत्रकार सेनानी कौसल चेम्जोङको समेत उपस्थिती रहेको थियो।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटेकाहरू