च्याम्पियन्स लिगमा सिटी्विरुद्ध किन खेल्न मानेनन् बेल ?

रियल म्याड्रिडका म्यानेजर जिनेदिन जिदानले गेराथ बेलले च्याम्पियन्स लिगको अन्तिम १६ मा म्यान्चेस्टर सिटीविरुद्धको खेलमा ‘खेल्न नचाहेको’ जानकारी दिएका छन् ।

शुक्रबार हुने खेलमा बेल रियलको २४ जनाको टोलीमा अटाउन असफल भएका हुन् ।

‘मेरो र बेलबीच व्यक्तिगत कुराकानी भएको थियो । उनले खेल्न अनिच्छा देखाए,’ जिदानले भने, ‘बाँकी कुरा उनी र मेरो बीचमा छ तर उनले खेल्न चाहेनन् ।’

खेलमा खेल्ने सुनिश्चितता नभएको कारण बेल म्यान्चेस्टर आउन अस्वीकार गरेको बीबीसीले जनाएको छ ।

३१ वर्षीय बेलले यो सिजन रियलका लागि कूल १४ खेलमात्र खेलेका छन् । जुनमा फुटबल पुनः सुरुवात भए यता उनले मात्र २ खेल खेलेका छन् ।

गत फेब्रुअरीमा भएको पहिलो लेगमा सिटी २–१ गोलअन्तरले विजयी भएको थियो । आजको विजेता टोलीले लियोन र युभेन्टसको विजेतासँग क्वार्टरफाइनलमा भिड्नेछ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटेकाहरू