नेयमारको कमाइ अटलान्टा पूरै टिमको जति

एनेन्सी, २७ साउन । फ्रेन्च च्याम्पियन क्लब पेरिस सेन्ट जर्मेन ९पीएसजी०ले च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा इटालियन क्लब अटलान्टाको सामना गर्दैछ । बुधबार पीएसजीले सेमिफाइनलका लागि अटलान्टासँग प्रतिस्पर्धा गर्न लागेको हो ।

दुई टोलीको भेट अरुभन्दा फरक छैन । तर, पीएसजीका स्टार नेयमार र अटलान्टाबीचको एउटा तथ्य भने अनौठो छ । त्यो हो, नेयमार र अटलान्टाबीचको कमाइ । ब्राजिलियन स्टार नेयमारले अटलान्टाका पूरै टिमको भन्दा बढी कमाउने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका रिपोर्टहरूले जनाएका छन् ।

‘एल इक्यूपे’का अनुसार २८ वर्षीय नेयमारले प्रतिवर्ष ३६ मिलियन युरो कमाउँछन् । उनको कमाइ बोनस र अरु शीर्षकबाहेक कमसेकम ३० मिलियनभन्दा धेरै हुने गर्छ । यता, अटलान्टाको कमाइ भने प्रतिवर्ष ३३ देखि ३६ मिलियन युरो हुन्छ ।

‘ला गजेट्टा डेल्लो स्पोर्ट्स’का अनुसार अटलान्टाका कप्तान एलेजान्द्रो ‘पपु’ गोमेज, डुभान जापडा र लुइस मुरिएलले धेरै तलब खान्छन् । यी तीनै जनाको गरेर १।२ मिलियन प्रतिवर्ष हुन्छ । बोनस र अरु शीर्षकको कमाइ थप्दा १।८ मिलियन युरो हुन्छ ।

पीएसजीले उनीलगायत खेलाडीमा थुप्रै खर्च गरेको छ । पीएसीले किलियन एम्बाप्पेलाई प्रतिवर्ष १६ मिलियन युरो तिर्छ र थियागो सिल्भाले लगभग ११ मिलियन युरो तलब थाप्छन् ।

पीएसजीका अग्रपंक्तिका खेलाडीहरू नेयमार, एम्बाप्पे र माउरो इकार्डीले कुल ५५ मिलियन युरो प्रतिसिजन तलब लिन्छन् । खेलाडीमा धेरै खर्चिए पनि पीएसजीले च्याम्पियन्स लिगमा क्वार्टरफाइनलभन्दा अगाडिको यात्रा तय गर्न सकेको छैन ।

तथापि, यो पटक भने अटलान्टालाई हराएको खण्डमा उसले सेमिफाइनलमा स्थान पक्का गर्नेछ । कोरोना महामारीका कारण यूईएफएले परिवर्तन गरेको ढाँचाअनुसार क्वार्टरफाइनलयताका खेलमा पहिलो लेग र दोस्रो लेग हुने छैन । टोलीले जित निकालेमा सिधै अघिल्लो चरणमा स्थान बनाउन सक्नेछन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटेकाहरू