ब्ल्याक ड्रेसमा हट केली

लन्डन । हलिउड अभिनेत्री केली ब्रुकले रेडियो तथा टेलिभिजन दुवैमा आफ्नो करियर बनाएकी हुन् । करियरको अलवा यी अभिनेत्री हमेशा लुक्सको कारणले पनि चर्चामा रहने गर्दछिन् । उनको तस्बिर सोसल मिडियामा आउने बितिक्कै भाइरल हुने गर्दछन् ।

हालै साँझको समय उनी लन्डनको सडकमा देखिएकी थिइन् । सोही समय खिचिएका केही तस्बिर अहिले बाहिर आएको छ । ब्ल्याक ड्रेसको तस्बिरमा उमेरले ४० पुगेकी केली निकै बोल्ड देखिएकी छन् । आँखामा चस्मा, सटबल मेकअप, शेड्स र ओपन हेयर्समा केलीको सौन्दर्य झनै निखारिएको छ । उनले सडकमै मुस्कुराएर तस्बिरका लागि बिभिन्न पोज समेत दिएकी छन् । उनका ती तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । फ्यानले पनि तस्बिर मन पराएका छन् ।

तस्बिरले धेरै लाइक र कमेन्ट समेत पाएको छ । केली आफ्नो फिटनेशका लागि समेत चिन्तित रहने गर्दछिन् ।

उनी आफुलाई फिट राख्न कयौं उपाय समेत अपनाउने गरेकी छन् । केली अक्सर आउटफिन्ट गरेको अवस्थामा देखिने अभिनेत्री पनि हुन् ।एजेन्सी

Facebook Comments
छुटेकाहरू