Thursday, May 26, 2022
सदाबहार न्युज
  • मुख्य समाचार
  • समाज
  • विश्व
  • राजनिती
  • स्वास्थ्य र जीवनशैली
  • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • प्रविधि
No Result
View All Result
सदाबहार न्युज

सामूहिक बलात्कार गरी फरार रहेका १२ वर्षपछि पक्राउ

Avatar by
September 22, 2020
in मुख्य समाचार
1 min read
0
Home मुख्य समाचार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
Post Views: 2

६ असोज, इलाम । इलाममा जबर्जस्ती करणी गरी फरार रहेका दुई अभियुक्त १२ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय इलामले चुलाचुली–३ का ३० वर्षीय मिलन भनिने अनिश राई र ३१ वर्षीय जितकुमार भनिने निश्चल राईलाई पक्राउ गरेको हो ।

फैसला कार्यान्वयन प्रक्रियालाई तीव्रता दिने अभियानअन्तर्गत अदालतबाट दोषी प्रमाणित भई फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

Related posts

बेलका नगरको बजेट कस्तो आउनुपर्छ ?

बेलका नगरको बजेट कस्तो आउनुपर्छ ?

June 21, 2021
बराहक्षेत्रमा अवैध हतियार र हरिणको मासु सहित दुई पक्राउ (फोटोसहित)

बराहक्षेत्रमा अवैध हतियार र हरिणको मासु सहित दुई पक्राउ (फोटोसहित)

June 11, 2021

वि.सं. २०६४ मा झापा साधुहोली जङ्गलमा सामूहिकरूपमा जबर्जस्ती करणी गरी फरार रहेका इलामका उनीहरुलाई विशेष खोजी अभियान नै सञ्चालन गरेर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । उनका अनुसार दुवैलाई २०६७ फागुन ११ गते जिल्ला अदालतबाट ११ वर्ष एक महिना १५ दिन कैद र जनही रु २१ हजार जरिवाना तोकिएको थियो ।

दुवैलाई जिल्ला अदालतमा पेश गरेकोमा कैद भुक्तानका लागि सोमबार कारागार कार्यालय इलाममा पठाइएको प्रहरीले जनाएको छ । उक्त मुद्दामा एक जना हाल जिल्ला कारागार इलाममा कैद भुक्तान गरिरहेका छन् । एक जना अझै फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

अन्य तीनसमेत पक्राउ

त्यसैगरी ठगी मुद्दा, कर्तव्य ज्यान मुद्दा र हातहतियार खरखजना मुद्दाका फरारहरुलाई समेत प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय इलाम तथा मातहत प्रहरी कार्यालयबाट खोजतलासका क्रममा ठगी मुद्दाका इलाम सुर्योदय नगरपालिका–२ का ३२ वर्षीय सन्तोष बस्नेत, हातहतियार खरखजना मुद्दाका इलाम सुर्योदय नगरपालिका–५ का ४४ वर्षीय मोटे देवान भन्ने हर्कबहादुर लिम्बू र कर्तव्य ज्यान मुद्दाका माईजोगमाई गाउँपालिका–२ का विष्णुकुमार राई पक्राउ परेका हुन् ।

बस्नेतलाई दुई वर्ष कैद र रु २० हजार जरिवाना, लिम्बूलाई तीन महिना कैद र पाँच हजार जरिवाना तथा राईलाई पाँच महिना छ दिन कैद र रु २० जरिवाना तोकिएको थियो । पछिल्लो समय जिल्ला प्रहरी कार्यालय इलामले फरार रहेका अभियुक्तहरुलाई खोजीखोजी पक्राउ गरिरहेको छ ।रासस

Facebook Comments

Related

Previous Post

बलिउड ड्रग्स कनेक्सनमा दीपिकाको नाम जोडियो

Next Post

विश्वका एक प्रतिशत धनीले ३ अर्ब अति गरिबभन्दा दोब्बर प्रदूषण फैलाउँछन्

Related Posts

बेलका नगरको बजेट कस्तो आउनुपर्छ ?
मुख्य समाचार

बेलका नगरको बजेट कस्तो आउनुपर्छ ?

June 21, 2021
बराहक्षेत्रमा अवैध हतियार र हरिणको मासु सहित दुई पक्राउ (फोटोसहित)
मुख्य समाचार

बराहक्षेत्रमा अवैध हतियार र हरिणको मासु सहित दुई पक्राउ (फोटोसहित)

June 11, 2021
सुनसरी प्रसासनको ८ निर्णय, ३ दिन भित्र आईसोलेसन तयार पार्न पलिकालाई निर्देसन्
मुख्य समाचार

सुनसरी प्रसासनको ८ निर्णय, ३ दिन भित्र आईसोलेसन तयार पार्न पलिकालाई निर्देसन्

April 26, 2021
आफ्ना मान्छेले जागिर नपाउने भएपछि परीक्षा नै स्थगित
मुख्य समाचार

आफ्ना मान्छेले जागिर नपाउने भएपछि परीक्षा नै स्थगित

April 24, 2021
सोमबार गण्डकीमा थपिए ८ जना संक्रमित
मुख्य समाचार

प्रदेश १ मा आज १ सय १६ जना संक्रमित

April 23, 2021
स्थानीय चुनाव फागुनभित्रै हुन्छ : ओली
मुख्य समाचार

स्थानीय चुनाव फागुनभित्रै हुन्छ : ओली

April 23, 2021
Next Post
विश्वका एक प्रतिशत धनीले ३ अर्ब अति गरिबभन्दा दोब्बर प्रदूषण फैलाउँछन्

विश्वका एक प्रतिशत धनीले ३ अर्ब अति गरिबभन्दा दोब्बर प्रदूषण फैलाउँछन्

ADVERTISEMENT

POPULAR NEWS

  • बन्चरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

    बालिका हत्या आरोपमा दुई जना पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • ‘को हुन् दलित?’ पुस्तक विमोचन

    0 shares
    Share 0 Tweet 0
  • बेलकामा ३५ दिनभित्रै अक्सिजन उत्पादन हुने सम्झौता (सम्झौतासहित)

    0 shares
    Share 0 Tweet 0
  • बराहक्षेत्रमा अवैध हतियार र हरिणको मासु सहित दुई पक्राउ (फोटोसहित)

    0 shares
    Share 0 Tweet 0
  • बराहक्षेत्रमा “एक परिवार एक नमुना पिसिआर” परिक्षण गर्न कांग्रेसको माग

    0 shares
    Share 0 Tweet 0

advertisement

advertisement

advertisement

advertisement

advertisement

Facebook Twitter Google+ Youtube RSS

हाम्राे बारेमा

विकास, परिवर्तन तथा समृद्धिको संवाहक हो सदाबहारु न्यूज । हामी सञ्चार माध्यमले देशको समृद्धिमा सकारात्मक योगदान दिने कुरामा विश्वास राख्छौँ । आवाज विहिनहरुको आवाज बन्दै राष्ट्रको सच्चा पहरेदारको रुपमा सदाबहार न्यूजको भूमिका सदैव रहन्छ ।

Follow us on social media:

Recent News

  • बालिका हत्या आरोपमा दुई जना पक्राउ
  • सुनसरीमा लकडाउन थपियो, विहान ५ बजे देखि दिउसो १२ बजे सम्म सबै खोल्न पाइने
  • बेलका नगरको बजेट कस्तो आउनुपर्छ ?

Category

  • Uncategorized
  • अन्य
  • खेलकुद
  • पर्यटन
  • प्रविधि
  • मनोरञ्जन
  • मुख्य समाचार
  • राजनिती
  • रोचक
  • विचार
  • विश्व
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य र जीवनशैली

© 2021 SADABAHAR-NEWS

No Result
View All Result
  • मुख्य समाचार
  • समाज
  • विश्व
  • राजनिती
  • स्वास्थ्य र जीवनशैली
  • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • प्रविधि

© 2021 SADABAHAR-NEWS