सामाजिक सञ्जालको पत्रकारिता

विश्वको पहिलो पत्रिका सन् १६०९ मा प्रकाशित भएको थियो । योसंगै पत्रकारिताको सुरुवात भएको थियो । प्रविधिको विकाशसंगै पत्रकारिताको विकाशपनि तिब्ररुपमा भएको छ । पत्रिकाबाट रेडियो रेडियोबाट टेलिभिजन टेलिभिजनबाट अनलाईनमा आईपुग्दा पत्रकारिता निकै नै सरल र सजिलो संगसंगै अश्रील र भ्रमपूर्ण पनि बन्दै गएको छ ।
सामाजिक सञ्जालले गर्दा निकै छिटो सञ्चार प्रक्रिया हुने गरेको छ । केहि बेरमै मानिसले बिश्वमा घटेका घटनाहरु थहाँ पाउने गरेका छन् ।
नेपाल लगायत विश्व समुदायमै अहिले सामाजिक सञ्जाल फेस्बुक, ट्युटर, इन्ट्राग्राम लगाएतका सामाजिक सञ्जालमा दैनिक गतिबिधिहरु लगाउने गरेका छन् । प्रायः सामान्य देखि ठूला–ठूला सूचनाहरु पनि अहिले सामाजिक सञ्जालमा भेटिने गरिएको छ । दैनिकरुपमा भएका देश देखि बिदेशका घटनाहरु पनि सामाजिक सञ्जालमा मानिसले लगाउने गरेका छन् । कसैले पद पाए देखि मुत्यु सम्मको गतिबिधिहरु सामाजिक सञ्जालमा लगाउन थालिएको छ ।

अनलाईन सञ्चार माध्यम चलाउनलाई पनि यस्ता सामाजिक सञ्जालले निकै नै सहयोग पनि पुराएको छ । रेडियोको कार्यक्रमहरु पनि सामाजिक सञ्जालमा लाईभ गरेर देखाउने सुनाउने गरेका छन् ।
टेलिभिजनको अनेकै कार्यक्रमहरु पनि सामाजिक सञ्जालमा खोज्ने हो भने पर्याप्त मात्रामा भेटन सकिन्छ । पत्रपत्रिकाले पनि सामाजिक सञ्जालको राम्रो उपयोग गरेको पाईन्छ । सामाजिक सञ्जालले गर्दा सञ्चार माध्यमहरुलाई पनि अझ पाठक, दर्शक र स्रोतासंग पुर्याउन मदत गरेको छ । सामाजिक सञ्जालमा आमजनमासको आर्कषण बढेकाले गर्दा पनि सामाजिक सञ्जाल प्रति मिडिया हाउसको पनि सक्रियता बढन थालेको हो ।
मिडिया हाउस संञ्चालन गरेर अधिकारिक रुपमा सामचार दिने मिडिया हाउसले सामाजिक सञ्जालाई समाचार पढने, सुन्ने, हेर्ने रुपमा मात्र लिने गरेका हुन्छन् ।
पत्रकारिताको आचार सहिताभित्र रहेर समाचार सामाग्रिहरु प्रकाशन गर्ने गरेका हुन्छन् । तर प्रत्येक सामाजिक सञ्जाल प्रयोग कर्ताले दैनिकरुपमा सामाजिक सञ्जाल प्रयोग गरिरहँदा माजो जर्नालिजमाको अवधारणा पनि अप्नाईरहेको हुन्छन् । तर त्यो पत्रकारिताको आचारसंहिता भित्र नपर्ने हुन्छ । कुनै घटनाका अश्रिल, भयाभह, डरलाग्दा, पत्रकारिता आचारसंहिता भित्र नपर्ने फोटो, भिडियोहरु सामाजिक सञ्जालमा सार्वजनिक गर्ने गरेका हुन्छन् । त्यसको असर आम सामाजिक सञ्जाल प्रयोग कर्तालाई थहाँ नभएको पनि हुन सक्छ । उनीहरुले समाजलाई नयाँ सुचना दिने उद्देश्ले त्यस्ता अश्रील भयाभह, डरलाग्दा, पत्रकारिता आचार सहिता भित्र नपर्ने फोटो, भिडियोहरु सामाजिक सञ्जालमा प्रकाशन गर्ने गर्छन् ।
त्यस्ता सामाग्रीहरुले सामाजलाई कस्तो असरपार्छ भन्ने ज्ञान नहुनाले पनि सामाजिक सञ्जालको बिकृति बढेको छ ।

अहिले स्नोत तहको पत्रकारिता विषयको नयाँ पाठ्क्रममा पनि मोजो जोर्नालिजमको अवधारणलाई अप्नाईएको छ । जसले गर्दा सामाजिक सञ्जालको अझ व्यापक प्रयोग हुने अबस्था छ । यसले गर्दा पनि अश्रील, भयाभह, डरलाग्दा, पत्रकारिता आचार सहिता भित्र नपर्ने समाचार सामाग्रीहरु सामाजिक सञ्जालमा नहाल्दा निकै नै उपयोगि हुन्छ । यस्ता गतिबिधिलाई जरै बाट निर्मुल पार्न भने नसकिएला तर प्रत्येक सामाजिक सञ्जाल प्रयो गर्ने व्यक्ति, सामाज, समुदाय र राष्ट्र यो बिषयमा जानकार हुने हो भने यसको समस्या सदैव रहने पका छ ।

Facebook Comments
छुटेकाहरू