बेलका नगरले एक सय ९० छात्रालाई साइकल बाड्दै

बेलका उदयपुर, मंसिर ११
बेलका नगर सरकारले बालिका बिद्यार्थीहरुलाई विहिवार ९० थान लेडिज साईकल वितरण गरेको छ। लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको दोश्रो दिनको अबसर पारेर छात्राहरुलाई साईकल बितरण गरिएको हो।
कार्यक्रम प्रदेश नं १ माननिय अम्बिका थापाको प्रमुख आतिथ्यमा बेलका नगर शिक्षा शाखाले प्रथम पटक तीन वटा बिद्यालयका ९० जना बालिका बिद्यार्थीहरुलाई साईकल बितरण गरिएको हो।
थप एक सय जना बालिका बिद्यार्थीहरुलाई पनि चाडै साईकल बितरण गरिने कार्यक्रममा बताईएको छ।

प्रदेश संसद तथा साईकल वितरण कार्यक्रममका प्रमुख अतिथी माननिय अम्बिका थापाले हरेक निकायमा अब जनसंख्याको आधारमा समानुपातिक प्रणाली लागु हुनुपर्ने बिषयमा महिलाहरु लड्ने बताए।संसद थापाले पिछडीएको क्षेत्र,समुदायका महिलाले कुनैपनि कार्य गर्न नसक्ने भन्ने चिन्तनको अब अन्त्य हुनुपर्ने कार्यक्रममा बताए।
कार्यक्रममका बिशेष अतिथी बेलका नगरका नगर प्रमुख दुर्गा कुमार थापा ‘स्वस्ती’ ले लैगिक हिंसामा पुरुष समुदाय पनि पर्न थालेको जानकारी गराउदै लैंगिक हिंसा अन्त्यका लागि गाउघरका श्रीमान श्रीमती जोडीलाई नै संयुक्त रुपमा तालिम तथा मनोबिमर्श सेवा नगरले संचालन गर्न थालेको बताए।मेयर थापाले सबै खाले बिभेद र हिंसाको अन्त्य गर्न सबै पक्ष लाग्न आव्हान समेत गरेका छन।
उपप्रमुख राजकुमारी चौधरीले लैंगिक हिंसामा सबैभन्दा बढी महिला तथा बालवालिकाहरु पर्ने गरेको तथ्यॉक प्रस्तुत गर्दै सबैखाले बिभेदको अन्त्यका लागि सरोकारवालाहरु र समुदायले चासो दिनुपर्ने बताए।

कार्यक्रममा नेकपा बेलका नगर अध्यक्ष मनोज तामाड०ले जनयुद्ध र जनान्दोलनको राप ,तापले महिला तथा वालवालिकाहरुको प्राप्त अधिकारलाई संबिधानमा संबोधन गर्न सकिएको बताउदै नेकपा पार्टीले अझ बिभेदमा पारिएका जाती,क्षेत्र र लिंगलाई संबोधन गर्न लागी परेको बताए। कार्यक्रममा नगर शिक्षा शाखा प्रमुख सुनिल निरौलाले बिद्यालयमा अध्ययनका लागि टाढाबाट आउने बालिकालाई बिद्यालय पहुँचमा सहजताका लागि साईकल बितरण गरिएको बताए। नेकपा नगर सचिव गणेश बस्नेत, ९नं वडाध्यक्ष मोहन प्रसाद घिमीरे,महिला नेतृ महेश्वरी राई , माया भण्डारी ,भरत घिमीरे लगायतले शुभकामना मन्तव्य राखेका थिए। बेलका नगरका प्रेस संयोजक ललित राईले बिद्यालय पुग्न लामो समय पैदल हिडेर समय खर्चिएका वालिकाको लागि साईकलको यात्राले राहत दिने भएकोले नगरपालिकाले अर्को थप जनसेवाको काम गरेको संक्षिप्त प्रतिक्रिया दिए।
नेपाल रेडक्रस सोसाईटी उदयपुर,ओरेक नेपाल, सिएमसि नेपाल, राष्ट्रीय कृषक महासंघ समुह बेलका नगरको सहयोगमा साईकल बितरण गरिएको थियो।

Facebook Comments
छुटेकाहरू