हाडजोर्नी तथा नशारोगी सेवा सुरु

संगम विष्ट/चतरा
बराहक्षेत्र २ चतरा स्थित प्रथामिक स्वास्थ्य केन्द्र चतरामा हाडजोर्नी तथा नशारोग विशेषज्ञ सेवा सुरु भएको पहिलो २३ जनाले सेवा लिएका छन् । हप्ताको शनिवार एक दिन विशेषज्ञ डाक्टरले सेवा प्रदान गर्ने सो रोगको उपचार गराउन स्वास्थ्य बिमा गरेका १९ जना र अन्य ४ जना प्राथमिक स्वास्थ्य केन्द्र आएको कार्यलय प्रमुख डाक्टर अन्जु थापाले बताइन् । शनिवार बिहान ७ बजेदेखि बेलुका १० बजे सम्म संन्चालन भएको सेवामा कोशी अस्पतालका हाड्जोर्नी तथा नशारोग विभाग प्रमुख डा महेन्द्र प्रसाद महताले चेकजाच गरेका थिए ।

Facebook Comments
छुटेकाहरू