संगम विष्ट/चतरा
शनिवार एकै दिन नेपाली कांग्रेसले देशका ७ सय ५३ वटै स्थानीय तहमा सरकाले संसद विघटन गरेको कदम विरुद्ध विरोध सभा गरेको छ । नेपाली कांग्रेसको केन्द्रीय समितिको निर्णय अनुसार वराहक्षेत्र नगरपालिकाको चक्रघट्टीमा पनि कांग्रेसले विरोध सभाको आयोजना गरेको हो ।
कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनलाई असैंवधनिक कदमको संज्ञा दिदैं पुनः सदनलाई स्थायित्व गराउन सरकारलाई दवाब स्वरुप वराहक्षेत्रले वडा नं ६ को चक्रघट्टी स्थित बुधबारे चौकमा विरोध सभा आयोजना भएको थियो ।
सभा हुनु भन्दा पुर्व सहभागी सहित नेता , कार्यक्रता बुधबारे चौकमा भेला भएर , आइतवारे चौक , सिनेमा हल , हुँदै साकेला पार्क, महेन्द्र गेट हुँदै मुनाल चौक , बस स्टेन पुगेर रागा चौक हुँदै पुर्न बुधबारे चौकमा आएर सभामा परिणत भएको थियो ।र्यालीमा सहभागीहरुले कम्युनिष्ट सरकारको कदम विरुद्ध चर्को नारा समेत लगाएका थिए । संविधान विरुद्ध संसद विघटन गर्नुमा सरकारको मात्र जिम्मेवार नभई पुरा कम्युनिष्ट पार्टी समेत जिम्मेवारी भएको भन्दै सरकारसंगै कम्युनिष्ट पार्टी विरुद्ध नाराबाजी गरेका थिए ।
बराहक्षेत्र नगर सभापति नारायण नेपालको सभाध्यक्षतामा आयोजना भएको विरोध प्रदर्शन कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्र बहादुर कार्की थिए । कार्कीले विरोध सभालाई सम्बोधन गर्दै कम्युष्टले आफ्नो चुनावी प्रतिबद्धता अनुसार काम गर्न नसकेको बताए ।
कार्की भने फुस्रा भाषण र अनैतिकता कुरा गरेर हिड्ने कम्युनिष्ट सरकारको विश्वासमा अब जनता पर्न नहुने, नालायक सरकारले कुनै पनि जनताको हितमा काम नगरेको उल्लेख गर्दै अब यस्तो बकमफुसे कुरामा नअल्जिन समेत आब्हान गरे। कार्कीले अझ थपे जनताको हितको लागि सदैब काङ्ग्रेस छ, कम्युनिष्ट पार्टीलाई जनताले दिएको दुई तिहाई बाँदरको हातमा नरिवल जस्तै भएको दावी गरे ।
कार्यक्रममा बोल्दै अर्की वक्ता नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि शुशिला खनाल पौडेलले कम्युनिष्ट सरकारले जनताको नाना र छानाको समेत व्यवस्थापन गर्न नसकेको आरोप लगाइन् ।
महा–समिति तथा राज्य प्रशासन केन्द्रीय विभाग सदस्य बाबुराम बिष्टले सविधानलाई कम्युनिष्ट सरकारले धुजाधुजा बनाएको बताए, उनले अझ थपे ओलि सरकार भष्ट्र भएको प्रमाण नेकपाका नेताहरुबाट गर्ने गरेका दावी गरे । सविधानको रक्षा कांग्रेसले गर्नु पर्नेमा जोड दिए ।
महा– समिति तथा महिला संघ केन्द्रीय सदस्य अनु गुरुङ्गले कांग्रेस रहरले नभइ बाध्यताले आन्दोलनमा उत्रनु परेको बताइन ।
नेपाली कांग्रेस जिल्ला सदस्य दिपेशजंग बस्नेतले ओलि सरकार नेपालको सविधानलाई कु गरेको बताए ।उनले भने जसरी ओलिका कारण देशमा भष्ट्रचार बढेको छ ।त्यसरी नै ओलिमा चेलाले संन्चालन गरेको स्थानीय तहमा समेत लुटतन्त्र मचेको छ । वराहक्षेत्र नगरपालिकामा नातावादी भएको भन्दै सच्चिन नगर प्रमुखलाई आग्रह समेत गरे । उनले नसच्चिय कांग्रेसले फाइल खोल्न बाध्य हुने बताए । नेपाली जनताको बलिदानबाट प्राप्त गणतन्त्र कम्युनिष्ट सरकारका कारण खतरामा परेको र ओलिको खोक्रो राष्ट्रवाद नाङ्गि सकेको समेत दावा गरे ।
नगर सह– संयोजक जगदबहादुर कार्की कम्युनिस्ट ढुङ्गा , मुढा , चक्का र जामबाट उत्पादित भएको पार्टीले यसले लोकतान्त्रको रक्षा गर्न नसक्ने बताए । नेकपाको आन्तरिक किचलो र पद र पैसाको लोभका कारण जनताले सास्ति खेप्नु परेको बताए ।
नेपाली कांग्रेस नेविसंघ नेता प्रतीक राईले कम्युनिस्टले जित्दा जनता हार्नु परेको आरोप लगाए । उनले आज कम्युनिस्टले सविधानलाईनै वलत्कार गरेको समेत आरोप लगाए ।
नेपाली कांग्रेस नगर–संयोजक रत्नबहादुर राउतले स्वागत भाषण राख्दै कम्युनिस्ट सरकारले कांग्रेसलाई झुट्टा मुदा लगाएर फसाउने गरेको आरोप लगाउदै कांग्रेस आइ नलाग्ने तर जाई लाग्नेलाई बाँकि नछोड्ने बताए । उनले काग्रेस एक भएर कम्युनिस्टलाई लोकतान्त्रको पाठ सिकाउनु पर्नेमा छोड दिए ।
नेपाली कांग्रेस केन्द्रीय समितिको निर्णय बमोजिम ओली सरकारले ससद बिगठनको कदमलाई असवैधानिक ठहर गर्दै यसअगाडि एकैदिन ७७ वटै जिल्ला, १६५ र पौष २५ गते एकै दिनको देशको ३ सय ३० वटै प्रदेश सभा क्षेत्रमा सभा आयोजना सम्पन गरेको थियो । माघ ८ गते सबै पालिकाको ६ हजार ७ सय ४३ वटै वडाहरूमा विरोध सभा गर्ने तालिका रहेको छ ।
सन्त र चित्र राई कांग्रेसमा फर्किए
नेपाली कांग्रेस छाडेर तत्कालीन नेकपा एमाले प्रवेश गरेका वराहक्षेत्र ७ का सन्तकुमार राई र वराहक्षेत्र ८ का चित्र राई सहित ३० जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
तरुण दल , नेपाल बिद्यार्थी संघ हुँदै नेपाली कांग्रेसको राजनितिमा प्रवेश गरेका सन्त राई २०७४ चैत्र ३० गते मुख मन्त्री शेरधन राईको हातबाट टीका लगाउँदै तत्कालीन एमालेमा प्रवेश गरेका थिए ।
रत्न त्यो समय नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि थिए । भने चित्र राई १२ औं महाधिवेशनमा नेपाली कांग्रेस साबिक महेन्द्रनगर इकाई सभापतिको उमेदवार भनेका थिए । चित्र पनि महाधिवेशन पछि तत्कालीन एमालेमा गएका थिए ।
हाल नेपाल आदिवासी जनजाति महासंघ वराहक्षेत्रको अध्यक्ष सन्त रहेका छन् । भन्ने चित्र किरात राई यायोख्यामा क्रियासिल छन् । दुई राई सहित बिकाश पोखरेल लगाएका ३० जनालाई चक्रघटीमा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की सहितका स्थानिय नेताहरुलौ टीका लगाएर पाटिमा स्वागत गरेका थिए ।
पाटि प्रवेश पछि बोल्दै सन्त र चित्र राई आफ्नो पुरानो घरमा फर्कदा खुसी लागेको बताए ।