बराहक्षेत्रमा चिसोका कारण जनजिवन प्रभावित

शिशिर तामाङ/चक्रघट्टी
बराहक्षेत्र नगरपालिका सहित देशभर मौसम बदली भएकोले चिसो बढेको छ । चिसो बढेसँगै जनजिवन प्रभावित बनेको छ । यसको प्रत्यक्ष मारमा वृद्ध वृद्धा, बालबच्चा, सुत्केरी महिलाहरुलाई परेको छ । विराटनगर मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिवार विहान ९ बजे लिएको तथ्याङक अनुसार ११ डिग्री तापक्रम रहेको महाशाखाले जनाएको छ ।

बङ्गलादेश र आसपासमा बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको कारण बराहक्षेत्र नगरपालिका सहित देशभर मौसम बदली भएको हो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिवार सुनसरी सहित प्रदेश १ का पहाडी भू–भागमा सामान्य बदली रहेको छ । पूर्वी तराईमा आज बाक्लो हुस्सु लागेको छ भने बाकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । देशका तराईका भू–भागमा बाक्लो हुस्सु कुहिरो लागेको हो ।

देशको विभिन्न भ–भागमा तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका धेरै भ–भागहरूमा बिहानको समयमा बाक्लो हुस्सु र कुहिरो समेत लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध पनि गरेको छ ।

आगामी दुई दिनको मौसम पूर्वानुमान
माघ ४ गते (आइतबार)
दिउ“सो ः प्रदेश नं १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश का भू–भागहरूमा साथै सुदूर पश्चिम प्रदेशका तराइका भू–भागहरूमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।
राती ः देशका पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

माघ ५ गते (सोमबार)
दिउँसो ः देशका पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
राती ः प्रदेश नं १ को पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली साथै अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ का पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।


बराहक्षेत्र नगरपालिकाले के गर्दै छ ?

पछिलो केहि दिन यता जाडो बढे सँगै बराहक्षेत्र नगपालिकाको जनजिवन प्रभावित बनेको छ । यसको चर्को मारमा वृद –वृद्धाहरुप ेपछि दाउरा वितरण गर्न सुरु गरेको छ । बराहक्षेत्र नगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत मनु कुमार लिम्बुले भने ११ नं. वडा र ४ नं. वडामा दाउरा वितरण गरिसकेको र अन्य वडाहरुमा दाउरा वितरण गरिसकेको र अन्य वडाहरुमा वितरण गर्ने क्रम जारी रहेको वराह खबरलाई जानकारी दिएका छन् । बराहक्षेत्रमा विशेष गरी दलित वस्तिहरुमा दाउरा वितरण गर्दै आएको उनले बताए । बाँकि वडाहरुमा क्रमैसँग वितरण गरिने अधिकृत लिम्बुले जानकारी दिएका छन् ।

Facebook Comments
छुटेकाहरू