बराहक्षेत्रमा राष्ट्रिय युवा संघ दुई संयोजक

संगम विष्ट/चतरा
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको बराहक्षेत्र संयोजकमा दुई जना तोकिएका छन् । धरानमा सम्पन ओली समुहको युवाहरुको भेलाले तत्कालीन राष्ट्रिय युवा संघ नेपालको संयोजक रहेका मणिराज तामाङ्गलाई नै चयन गरेको छ ।

शुक्रबार प्रचण्ड (नेपाल समुहको बैठकले सुरज भण्डारीलाई संयोजकको रुपमा चयन गरेका छन् । भण्डारी यस अगाडि राष्ट्रिय युवा संघ नेपाल बराहक्षेत्र सचिवालय सदस्य रहेका थिए । दुई तामाङ र भण्डारी पूर्व एमाले निकट हुन् । दुवै वराहक्षेत्र ७ का हुन् ।

ओलि समुहका तामाङ संयोजक रहेको राष्ट्रिय युवा संघ बराहक्षेत्रको सह– संयोजकमा रबिन राई र प्रचण्ड– नेपाल समुहका भण्डारी संयोजक रहेको राष्ट्रिय युवा संघ नेपालको सह– संयोजक प्रेम घिमिरे चयन भएका छन् ।

Facebook Comments
छुटेकाहरू