पत्रकारलाई विमाकोलागि डकुमेन्ट वुझाउन आह्वान

इटहरी
नेपाल प्रेस युनियन सुनसरीले जिल्लाका पत्रकारहरुको दुर्घटना बीमाको लागि आवश्यक डकुमेन्ट जुटाउन तयारी थालेको छ ।
शनिबार इटहरीमा बसेको कार्यसमितिको बैठकले पत्रकारहरुको दुर्घटना बीमा गर्नका लागि नागरिकताको प्रतिलिपि, मिडिया हाउससँग आबद्ध भएको परिचयपत्रको प्रतिलिपि र दुई प्रति फोटोका लागि आह्वान गरेको हो ।

त्यसका लागि प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य दिवश पोखरेलको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरिएको छ ।
सदस्यहरुमा इटहरीबाट जीवन फुयाँल, सुस्मिता राई, इनरुवाबाट मिकाइल आलम, बराहक्षेत्रबाट भविन राउत र धरानबाट मात्रिका प्रसाद नेपाल रहेका छन् ।
एक साताभित्र डकुमेन्ट कलेक्सन गर्ने गरी उक्त समिति गठन गरिएको हो । कोही पनि सञ्चारकर्मी दुर्घटना परेर मृत्यु भएमा परिवारले सात लाख पाउने र घाइते भएमा ७० हजार रुपैँयासम्म पाउने गरी बीमाको कार्यक्रम अगाडि ल्याईएको युनियनका जिल्ला अध्यक्ष पवन अधिकारीले बताए ।
‘हामीले यसअघि जिल्लाका दुई सय ६० जना पत्रकारहरुको कोरोना बीमा गरेका थियौँ,’ उनले भने, ‘ती मध्ये ३२ जनालाई कोरोना लागेको छ र हालसम्म २२ जनाको एक लाखका दरले रकम आइसकेको छ ।’

उनका अनुसार युनियनले प्रकाशन गरेको डिजिटल पात्रोलाई चलायमान बनाउनका लागि तीन सदस्यीय समिति समेत गठन गरिएको छ । संयोजकमा विवेक विवश रेग्मी रहेका छन् । त्यस्तै, सदस्यहरुमा मनोज भुजेल र जीतेन्द्र शाह रहेका छन् ।
डिजिटल पात्रोमा जिल्लाभरी सञ्चालनमा रहेका सबै मिडिया हाउसबारे उल्लेख गरिएको छ । साथै युनियनमा आबद्ध सञ्चारकर्मीको परिचय खुल्ने गरीको विवरण समेत उल्लेख गरिएको छ ।
उक्त पात्रो गत जेठ १३ गते पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले उद्धघाटन गरेका थिए ।

Facebook Comments
छुटेकाहरू