पर्यटककालागी बराहक्षेत्रको आकर्षण(विचार)

संगम विष्ट / चतरा
मानिसहरु नयाँ ठाउँ र अर्गानीक स्थान घुम्न रुचाऊ छन् । र त्यहा खास केही खुराक अवश्य होस चाहना पनि हुन् छ । यस्तै अर्गानिक र मनोहर स्थानको तपाईं खोजीमा हुन्छ भने तपाईलाई बराहक्षेत्रको विभिन्न स्थानमा रहेका ठाउले तपाईंहरुलाई आकषर्ण गर्न सक्छ ।

अर्गानीक मनोहर स्थान , धार्मिक , एैतिहासिक , पौराणिक स्थलहरु बराहक्षेत्र पर्यटनहरुकालागि एउटा प्याकेजको रुपमा रहेको छ । सुनसरी सदरमुकाम इनरुवा देखि उत्तर पश्चिम दिसामा अवस्थित एउटा धार्मिक क्षेत्रको रुपमा रहेको बराहक्षेत्र, जुन क्षेत्र संसारको चार धाम मध्य एक धामको रुपमा प्रख्यात रहेको छ । उदयपुर र धनकुटा जिल्लासँग सिमा जोडिएको सुनसरीको धरान, रामधुनी र कोशी गाउँपालिकालाई काखमा राखेको सप्तकोशीको किनारको क्षेत्र हो बराहक्षेत्र । जहाँ घुम्न लायकका ठाउँहरुले चुले निम्तो दिएर पर्खि राखेका छन।
१.बराहक्षेत्र धाम

नेपालका ऐतिहासिक महत्व बोकेको बराहक्षेत्र नेपाल भरका एक सय स्थानको सुचिमा अटाएको क्षेत्र हो ।जहाँ १५ सय वर्ष अगाडिका दैविक मुर्तिहरु रहेका छन्। सुनसरी स्थित सप्तकोशी किनारमा धनकुटाको सिमानामा रहेको सो क्षेत्र नेपाल र नेपालीहरुको सम्पतीको रुपमा पर्यटन लोभ्याउने गतिलो स्थानको रुपमा सिजित छ । नेपालकै सर्वाधिक महत्वपूर्ण र प्रख्यात तीर्थस्थल, वराहपुराण र स्कन्दपुराण र महाभारत महाकाव्यमा समेत धामको महिमा उल्लेखित गरिएको छ ।“जब पृथ्वी समुद्रको रसातलमा डुब्न लागेको थियो , तब भगवान वराहले आफ्नो रुप बदेलको भेषमा परिणत गराएर डुव्न लागेको पृथ्वीको रक्षा गरेको भन्ने मान्यता अनुरुप बराहक्षेत्र संसारको पहिलो धाम भनेर बराहक्षेत्रलाई भुकार्ने गरिएको छ । बराहक्षेत्रमा वराह अवतार विष्णुको पूजाआज हुने गर्दछ । यो स्थान सुनसरीको धरानदेखि करिब २५ कि.मी. उत्तर पश्चिममा अवस्थित छ । बराहक्षेत्रको मूल मन्दिरको वर्तमान स्वरुप वि.सं. १९९१ सालमा निर्माण गरिएको हो । वि.सं. १९९० सालको भूकम्पबाट यहाँको मन्दिर भत्किए पछि वि.सं. १९९१ सालमा अन्तिम पटक जुद्धशम्शेरले यो मन्दिरलाई पुनर्निर्माण गराएका थिए । बराहक्षेत्रमा लक्ष्मी, पाञ्चायन, गुरुवराह, सूर्यवराह, कोकावराह र नागेश्वर लगायतका ९ वटा मन्दिर र थुप्रै धर्मशाला छन् । त्यहाँ आजभन्दा करिब १५०० वर्ष अगाडि देखिका मूर्तिहरु पाइएका छन् । धार्मिक पर्यटनका दृष्टिले यसको ख्याति टाढा टाढा सम्म फैलिएको छ । पूर्वी नेपालमा बराहक्षेत्रलाई केन्द्र बिन्दु बनाएर धार्मिक पर्यटनको विकास भइरहेको छ ।

 बराहक्षेत्रलाई छेउको कोशी नदी जलक्रिडा र नौकाशयर गर्न चाहने मानिसहरुका लागि निकै महत्वपूर्ण छ । बराहक्षेत्र वरपरका  धारा, पर्वत, वन जंगल तथा त्यहाबाट देखिने रमणीय दृश्यहरुले समेत यस स्थानको पर्यटनको विकासको सम्भावनालाई थप टेवा पुर्याएका छन् । बराहक्षेत्र धार्मिक एैतिहासिक महत्वसँगै मनोरम दृष्यले वातावरणको सुन्दताले बराहक्षेत्रको महिमालाई थप टेवा पुराई दिएको छ । सप्तकोशीको किनारमा सुन्दर डाडाको बिचमा बराहक्षेत्र रहेकोले प्राकृतिक रुपले पनि सुसम्पन रहेको छ । 

२.वराहक्षेत्रको पुरातात्वविक महत्व
चतरा देखि माथिलो जंगल क्षेत्रमा पर्ने अमृतगाछी इतिहासका विद्यार्थी अध्यन गर्न चाहनेकालागि महत्वपुर्ण छ । यो वनमा नवपाषाणकालीन ढुङ्गे वन्चरो राजेन्द्रबिक्रम पृथ्वी विक्रम लगाएतका राजाका पालाका पैसा , डोरी र ढुङ्गा कुदिएका विभिन्न आकृतिहरु भेटिएका छन । भने जंगलभरी इटा छापिएका ठाउँ ढुङ्गाका पर्खाल कीट र ढुङ्गाका ओखल भेटिएको हँुदा कुनै समयको ठुलो वस्ती थियो भन्न सकिन्छ ।
बराहक्षेत्र धार्मिक, आध्यात्मीक तथा भौतिक तिनै कुराले महत्व बोकेको क्षेत्र हो ।

३.कुम्भक्षेत्र र चतराको महत्व
चतरा भन्ने बितिकै कुम्भ मेला जोडि नै हाल्छ । सब प्रथम नेपालको भुमिमा नेपाल राष्ट्रका प्रथम जगदगुरु वालसन्त मोहनशरणले देवाचार्य महाराजश्री परिकल्पनामा २०५९ सालमा चैत ६ गते देखि १ महिना महाकुम्भ मेला चतराधाममा आयोजना भयो । भारतको प्रयाग, नासिक , उज्जैन र हदिद्वारमा लागेको कुम्भ मेलामा सहभागी भई सकेका नेपालीकालागि नेपालको चतरामा लागेको पहिलो एैतिहासिक महाकुम्भ मेलालाई गौरभपुर्ण रुपमा लाखौ जनताको उत्साह पुर्णमा सहभागी भई सफलतापुर्वक सम्पन भयो । पहिलो कुम्भ मेला, २०६३ सालमा आयोजना भएको अर्ध कुम्भ मेलाले चतराधामको महिमालाई नेपालमा मात्र नभई संसार भर नै फैलाई दियो । बराहक्षेत्र, बिष्णुपादुका , दन्तकाली , पिण्डेश्वरी, बुढासुब्बा , रामधुनी जस्ता एैतिहासिक देवदेवालयलाई वरिपरी रहेको चतरा २०६३ सालमा आयोजना भएलो अर्ध कुम्भ मेलाले चतराधामलाई कुम्भक्षेत्र, हरिद्वारको रुपमा संसारले चिन्ह थाल्यो । प्रदेश नं १ को सुनसरीको बराहक्षेत्र नगरपालीका १ मा रहेको नेपालको पहिलो कुम्भ क्षेत्र सप्तकोशीको कौकाहकौशिकिको किनारमा रहेको छ । धरानबाट १४ किलो मिटर र इटहरीबाट १६ किलो मिटरको दुरीमा रहेको चतराक्षेत्र आफैमा पवित्र क्षेत्र रहेको हो । पहिलो र दोस्रो गरि दुई पटक कुम्भको आयोजना गरेको चतराले तेस्रो पल्ट २०७० सालको चैत १७ गतेबाट ३३ दिने आयोजना भएको महाकुम्भ मेलाको आयोजना गरेर चतराधामलाई कुम्भको राजधानी भनेर संसार भर परिचित बनाइ दियो । २०७५÷७६सालमा आयोजना भएको चौथौ संस्करणल कुम्भ मेला तथा कुम्भको राजधानी चतराको महिमालाई संसार भर फैलाएको छ ।

४.औलिया बाबा धाम
हिन्दु र ईस्लाम धर्मलम्वीको अस्थाको केन्द्र हो औलिया बाबा धाम क्षेत्र । दुई धर्मका मानिसहरुले आफ्नो ईश्वर र अल्लाहको रुपमा श्रदा गर्ने गर्दछन् । नेपाल प्राचीन सभ्यता , संस्कृती र इतिहास गर्भिलो भएको देश हो यसलाई औलिया क्षेत्रले पनि पुष्टि गर्दछ । पुरातात्विक एैतिहासिक मठले नेपाल श्रग्रारिको नै छ । सांसारमा धार्मिक र प्राचीन कुराका खोज र अनुसन्धान गर्नेहरुकालागि चतराधाममा रहेको औलिया बाबा मठको नाम पनि अग्रपनिमा रहेको अनुपम स्थानको रुपमा नै रहेको छ । बराहक्षेत्र वडा नं १ मा रहेको औलिया मठ भित्र एैतिहासिक पौराणिक गद्धि घर, शिव मन्दिर , गणेश मन्दिर, राधाकृष्ण मन्दिर, भैरव मन्दिर, काली मन्दिर , भिमसेन थान, गद्धी घर जस्ता पुरातात्विक महत्वका देवालयहरु रहेका छन् ।

जुन कुराहरु खोज र अनुसन्धान गर्न चाहनेकालागि उचित र अनुपम स्थान बन्न सक्छ । १८ आँै शताब्दीमा सेन वंसिय राजा मुकुन्द सेन र प्रधानमन्त्री जंगबहादुर राणा पुर्वि नेपालमा रहेको बराहक्षेत्र तिर्थघाटकालागि आएका थिए । वराह भगवान दर्शन गर्न आएका राजा मुकुन्द सेनको नजर एकासी हरिकोद्वार रहेको औलिया क्षेत्रमा परे पछि उनी औलिया बाबाको दर्शन गर्न पुगे । राजा मुकुन्द सेनलाई देख्न साथ बाबाले तिम्रो हार कुन हो चिन र लग भन्दा राजा छक्क परे । सवै हार उस्तै देखेर राजा मुकुन्दले यी बाबा सिद्ध पुरुष नै हुन यकिङ्ग गरि मलाई हार हैन मेरा सन्तान नभएकाले सन्तानको चाहना गरे छन् । बाबाले पनि सन्तानको चाहना पूरा हुन्छ तर चार सन्तान मध्य एक सन्तान मलाई दिनु पर्ने औलिया बाबाको चाहनालाई राजा मुकुन्द सेनले सहमती जनाए पछि वि.सं. १८२१ मा औलिया बाबाको गद्धी निर्माण र रेखदेख गर्ने ब्यक्ति समेत पढाए पछि औलिया बाबा स्थापित हुन पुगेको धार्मिक विश्वास र ऐतिहासिक दस्ताबेजबाट पाउन सकिन्छ ।

हिन्दु र मुस्लीम दुबै धर्मलामवीको आस्थाको केन्द्र रहेको सुनसरीको चतराधाममा रहेको औलिया बाबा मठ एक अलौकिक र अनुपम स्थलको रुपमा रहेको छ । १८ औ ्शताब्दीमा राजा मुकुन्द सेनले औलिया बाबाको दर्शन गर्दा सन्तान प्राप्ती भए पछि पुर्वी नेपालमा बाबाको शक्तिको चर्चा हुन थाल्यो ।अझ पूर्बी नेपालमा औलोले ग्रस्त पारे पछि सिद्धबाबाले फुके पछि औलो निको हुन थाले पछि झन बाबाको चर्चा पुरै नेपालभर नै फैलिन थाल्यो । जति वेला बाबाले फुके पछि औलो निको भए पछि सिद्धबाबालाई औलिया बाबाको रुपमा पुजा गर्न थालिएको स्थानियहरुको विश्वास रहेको छ ।

औलो निको पार्ने सिद्धबाबा बराहक्षेत्र मन्दिरको पनी पुजारी भएकाले उनी रुपालमा बसेर कोशी नदिबाट बराहक्षेत्र जाने आउने गर्ने धार्मिक विश्वास समेत रहेको छ । हिन्दु धर्मालमवीहरुले औलो निको पार्ने र सन्तान प्राप्ति गराउने बाबाको रुपमा सिद्ध बाबालाई लिन थाले भने यता इस्लामधर्मालमवी मुसलमानहरुले पनि अल्लाह बाबाको रुपमा औलिया बाबालाई श्रद्धा गर्न थाले । इस्लाम धर्ममा मुसलमानहरु औलिया शब्दलाई सिद्ध पुरुष, सन्त, वली , फकिर हुन भन्छन् । अंग्रेजी शब्दकोषमा हेर्दा औलियाको अर्थ पनि मुसलमान सन्त भेटिन्छ । अल्लाको अप्रभ्रष रुप औलिया र मुसलमानसँग औलिया बाबा सम्बन्धि ग्रथ नै रहेको इस्लाम सन्तहरु बताउछन् । हिन्दुहरुले भगवान शिबको अवतारको रुपमा पुजित औलिया बाबालाई मुसलमानहरुले श्रद्धा भाव राख्ने सन्दर्भले हिन्दु र इस्लामीलाई एक ठाउमा राख्ने काम गरेको स्थानियहरुको श्विास रहेको छ ।

५.अमाह सिमसार
कर्णाली प्रदेशको मुगु जिल्लामा रहेको रारा ताल र प्रदेश नं १ को सुनसरीको बराहक्षेत्रमा रहेको अमाह सिमसार बिच त्यस्तो केही समानता नरहे पनि बराहक्षेत्र आसपासका मानिसकालागि अमाहले रारा तालको भोग मेटि रहेको छ ।
हिमाली जिल्ला मुगुमा रहेको सौन्दारले बाधिएको रारा ताल कलात्मक रुपले मात्र नभई नेपालको ठुलो तालको रुपमा पनि देशको सम्पतीको रुपमा रहेको छ । सोही अनुरुपमा प्रदेश नं १ को बराहक्षेत्रमा रहेको अमाह सिमसार पनि सम्पत्ति र बराहक्षेत्र नगरपालिकाको रारा तालको उपनामले सम्बोधन पाइरहेको छ । प्रदेश नं १ अन्तरगतको पर्ने सुनसरी जिल्लाकै कान्छो तथा भौगेलिक रुपले फराकिलो नगरपालिकाको रुपमा रहेको बराहक्षेत्रको वडा नं ४ र ५ को संयुक्त स्थानमा रहेको अमाह सिमसारलाई बराहक्षेत्रको राराको उपनामले समेत लिएर प्रदेश नं १ को आकषर्णक गन्तब्यको रुपमा विकास गर्ने स्थानको रुपमा प्राचार्यित हुँदै आइरहेको छ । धरानबाट करिब १० र इटहरीबाट करिब १२ किलो मिटरको दुरीमा चारकोसे झारीको अमाह सामुदायिक बन भित्रको सर्दु खोलाको किनारमा ५२ हेक्टर क्षेफलमा रहेको २ वटा सुन्दर पोखरी हुन अमाह पोखरी र अर्कौ बाऊ पोखरी । अमाह सामुदायिक वनले सरक्षण गरेको हो । शान्त , मनोहर र पर्यटकहरुलाई लोभयाउन सक्ने स्थान भनेर चित्रण गरिएको अमाह प्रदेशको सम्पती रहेको र बराहक्षेत्रको रारा भएकाले पनि गुरु योजना बनाइएर योजना बनाइएको छ ।

६. कोशीमा जल यातायात
नेपालको सबै भन्दा ठुलो नदी सप्तकोशीमा पछिल्लो समय जल यातायात आन्तरिक पर्यटकको रोजाई बनी रहेको छ । नेपाली पानी जहाज त कहिले विदेशीको जस्तै बोट सञ्चालने सप्तकोशीको महत्वलाई बढाई रहेको छ भने अर्का तर्फ स्थानिय ब्यसायिको आर्य आर्जन बढाई रहेको छ ।
समुद्रमा कुद्ने बोटले सुनसरीको चतरा सप्तकोशी नदिमा नेपालमै पहिलोपटक कोशि नदीमा नदीजन्य मनोरञ्जन सुरु भएको छ । विदेशमा समुद्रमा जसरी समुद्र सफारी गरिन्छ सोही अनुरुप चतरामा नै पनि सोहि प्रकारको आन्नद लिन प्रबन्ध मिलाइएको छ । उक्त बोट जापान र चीनबाट ल्याइएको हो। तीनै प्रकार बोटले दुईदेखि ४ किलोमिटरको दुरी दौडिने छ । सप्तकोशीमा कोशी पुलको आसपास उदयपुर सुनसरीको बीचमा रिभर फनको मज्जा लिन पाइने छ भने व्यावसायिक रुपमा संचालन भए सँगै आन्तरीक तथा बाह्य पर्यटकलाई मनोरञ्जनात्मक हुने दाबी गरिएको छ । साथै आन्तरिक तथा बाह्य पर्यटन विकासमा यस कदमले ठुलो योगदान र चिनारीमा टेवा पुग्ने अनुमान गरीएको छ ।

७.कोशि टप्पू
चराको राजधानी र चराको स्वर्ग जस्ता अनेक नामले चिनिएको कोशी नदी तथा यसको आसपासका इलाकामा सौन्दर्यात्मक छ ।आगन्तुक चराहरु संगै कोशीटप्पुमा जल बिहार, जंगल सफारी, हात्ती ८.सयरकालागि कोशी टप्पु
विदेशी पर्यटकको रोजाईको क्षेत्र हो । चरा हेर्नकैलागि कोशी टप्पुको मुख्य आकर्षणमध्येको एक आकर्षण भनेको ‘चरा’ हो । आरक्षमा ५ सय २८ प्रजातिका चरा पाइन्छ । चरामात्र होइन विश्वमै दुर्लभ बबुलिस जातको अर्नासमेत हेर्न आरक्षमा पर्यटकहरू आउने गर्दछन् । चरासँगै अर्ना, हरिण, नीलगाई अवलोकन गर्न विदेशी र स्वदेशी पर्यटकहरू कोशी टप्पु आउने गरेका छन् । बराहक्षेत्र ९ र ११ को पनि मिलेर बनेको टप्पुमा चराको राजधानी’ र ‘चराको स्वर्ग’ जस्ता अनेक नामले चिनिएको कोशी नदी तथा यसको आसपासका इलाकामा अत्यधिक चिसो भएपछि रुसको साइबेरियादेखि लामो दूरी पार गरी चराहरू कोशी टप्पुसम्म आइपुग्छन् । कोशिटप्पुमा लामो दुरी तय गरेर आउने चराहरु हाँस प्रजातीका हुन । हाल कोशी टप्पुमा ठुलो जलेवा (ग्रेटर कर्मोनेण्ट), चखेवा (रेडिसियल डक), खोया हाँस (बार हेडेड गुज) लगायतका चरा देखिन्छन । उपयुक्त मौसमी पर्यावरणको कारण कोशीमा चराहरू जाडो छल्न मात्र होइन सगरमाथा भन्दा माथिको उचाइबाट उड्दै बच्चा कोरल्न समेत कोशीटप्पु आउने गर्छन् ।बारहेडेड गुज जसलाई नेपालीमा खोया हाँस पनि भनिन्छ यो चरा सगरमाथा भन्दा माथिबाट उडेर आउछ । यो चरा १३ हजार मिटर माथिबाट आउने गर्छ । हिउँदको चिसो बढेसँगै न्यानो वासस्थान, आहार र प्रजननकालागि पंक्षीहरू यस वर्ष उत्तरी गोलार्घबाट दक्षिणी गोलार्घमा बसाइँ सर्दै कोशी टप्पुसम्म आउने गर्दछन् । एकथरी चराले अन्तरदेशीय सीमाको लामो दुरी पार गर्दै साइबेरियादेखि कसी टप्पु सम्म आउने गर्दछन् भने केही चरा नेपालकै उच्च पहाडी भूभागबाट छोटो दुरीको बसाइँ सरी आउँछन् ।

८. सुर्यकुण्ड क्षेत्र
चिसो वातावरण, छिनछिनमा मौसम परिवर्तन हुने बिषेशताका कारण पछिल्लो समय सुर्यकुण्ड क्षेत्र आन्तरिक पर्यटनको रोजाईको गन्तव्य स्थान वनिरहेको छ । साथिभाईहरु बिच भेटघाट, युगल प्रमि जोडि, परिभारिक घुमधामका लागि पनि सुर्यकुण्ड सबैको रोजाई बन्दै गरेको छ । पछिल्लो समय स्थानिय सरकार गठन भए पश्चात् स्थानिय सरकारहरुले आफ्नो क्षेत्रमा रहेका त्यस्ता प्रकृतिक स्थानलाई प्रयटनको गन्तब्य बनाई रहदा सुनसरीको वराहक्षेत्र नगरपालीकामा १ मा रहेको सूर्यकुण्डलाई पनि पूर्वकै गन्तव्य स्थलको रुप दिन सक्ने स्थानको रुपमा हेरिएको छ ।


प्राकृतिक छटाले युक्त स्थान पुग्न वराहक्षेत्रको चतरा र धरानको मङगबारे हुँदै पडाडि कच्चि बाटो बाट पुग्न सकिन्छ । धनकुटाको आहाले र धरानको बिष्णुपादुकासंग जोडिएको सुर्यकुण्ड दुई पाङ्गे मिटर र साना साना भ्यान र लाईल लेभर गाडिबाट पुग्न सकिन्छ । सुर्यकुण्डबाट देखिने चतरा बजार, सप्तकोशि नदि , कोका नदी , खोल, हरियाली डाडा,पाखा छहाराले गर्दा प्राकृतीक रुपले त सुन्दरता युक्त सुर्यकुण्ड एैतिहासि, धार्मिक र सास्कृतिक रुपले पनि सुसम्पन छ।एतिहासिक जंगवहादुरले रोपेको बिपलको रुख, आदि वराह सुर्यकुण्ड, भवानीथान, गप्तेश्वर जस्ता मन्दिरले एैतिहासिकता र धार्मिकतालाई झल्काउदछ भने त्यहा बसोबास गर्न आदिवासि जनजातिहरुको संस्कृतिले किरातजातिको कला, संस्कृती रिति रिवाज , भाषा , जिवनशैलीले पुर्खौली परमपरालाई जिवनत बनाएको पाइन्छ । बैसाख पहिनामा र उदेली र उभेली पर्वको दिन लाग्ने मैलाले त झन सुर्यकुण्डले किरात संस्कृतीलाई जोगाई राखेको महशुष गराउदछ । प्राय राई जातिको बसोबास गर्ने सुर्यकुण्डमा स्थानियहरुको जिबिको पार्जन कृषिबाटै गरिरहेका छन्। अदुवा, हर्दि , अमलिसो, कोदो, केरा जस्ता नगदेवाली उत्पादन सुर्यकुण्डबासीहरुले गर्दै आएका छन् । प्राकृतिक, धार्मिक, एैतिहासिक र सास्कृतिक रुपमा सम्रिक्षित सुर्यकूण्डलपर्यटकीय क्षेत्रले भेडेटारको तिर्सना वराहक्षेत्रकै सुर्यकुण्डले मेट्ने कुरामा कुनै शका छैन ।

९.वराहक्षेको महत्व बढाउने अन्य धार्मिक क्षेत्रहरु
सुनसरीको वराहक्षेत्र नगरपालीका , धरान उपमहानगरपालीका , धमकुटाको सागुरिगडि गाउपालीका र उदयपुरको वेलका नगरपालीका भित्र रहेका ऐतियासिक , पुरातात्विक तथा धार्मिक महत्व बोकेको मठ मन्दिर, देव देवलाय, गुम्बाहरु वृहतर वराहक्षेत्र भित्र रहेका छन्। वराहक्षेत्रको चतराधाम, देखि धरानको बिष्णुपादुका, सागुरीगडिको छिन्ताङ्ग ,बेलकाको मैना राजा मैना रानी क्षेत्रको मध्य भागमा रहेको वराहक्षेत्र धाम आफैमा पनि पबित्र छ । सप्तकोशिको नदि सुसाएको र वराहक्षेत्र मन्दिरको घण्टिको आवाजले गुन्जिदा परेवाहरु नाचेको र कोवाजीको महिमाले वराहक्षेत्रको महिमालाई अझ बढाएको छ ।

चतराधाम दर्शन गर्न आएको भक्तजन वराहक्षेत्रको महिमाले तानेर लाग्छ भन्ने छिन्ताङ्ग भगवतीको दर्शन गर्न भएको भक्तजन पनि वराहक्षेत्र दर्शन गरेर नै पुग्दश भने मैनामैनि डाडाबाट वराहक्षेत्रको दर्शन र वराहक्षेत्रको महिमा मन देखि भक्तजन गाउदछन् बिष्णु पादुका र वराहक्षेत्रको धार्मिक मान्यता र पितृहरु सँग जोडिएको छ ।
Facebook Comments
छुटेकाहरू