अनेरास्ववियू जनता क्याम्पस संयोजकमा आदित्य

इटहरी / नेकपाको प्रचण्ड–माधव नेपाल समुहको अनेरास्ववियूले जनता बहुमुखी क्याम्पस संयोजकको जिम्मेवारी हेमराज खडका ‘आदित्य’लाई दिएको छ ।

राजनीतिक रुपमा पार्टी विभाजन भएपछि अनेरास्ववियू जनता क्याम्पसका संयोजक उज्वल सिग्देलको ठाउँमा प्रचण्ड–माधव समुहले आदित्यलाई जिम्मेवारी दिएको हो ।

अनेरास्ववियूका सुनसरी जिल्ला सह–संयोजक बुद्रोस लिम्बुले सोमबार एक विज्ञप्ति जारी गर्दै आदित्यलाई जिम्मेवारी दिइएको पुष्टी गरेका छन् ।

सिग्देलले संगठनको हितविपरीत काम गरेकाले उनलाई यसअघिनै कारबाही गरेर संयोजकबाट हटाइएको प्रचण्ड–माधव नेपाल समुहको अनेरास्ववियूका नेता सुमन कार्कीले जानकारी दिए ।

Facebook Comments
छुटेकाहरू