काठमाडौं । द स्काई मुभिज् र उमा फिल्मस्को संयुक्तनिर्माण रहेको भिडियो गीतत्यो तिम्रो चोखो प्रेमको नजर सार्वजनिक गरिएको छ । भिडियो गीतकानिर्माण टिमले राजधानीको क्युजसिनेमा हलमा एक कार्यक्रमको आयोजनागदैैगीतको भिडियो सार्वजनिक गरेको हो ।
नेपालउद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा प्रमूखअतिथी र चलचित्रविकास बोर्डका अध्यक्षदयारामदाहालविशेष अतिथी रहेको कार्यक्रममा भिडियो गीतकाप्राविधिकतथाकलाकार र अन्यअतिथीहरुको उपस्थिती रहेको छ ।
उमा गिरी बेबीनिर्मात्री रहेको भिडयोमा आकाशअधिकारीको कन्सेप्ट र निर्देशन रहेको छ । गीतमा उमा र आकाशदुबै फिचर्ड छन् । नेपाली सेनाको कथा समेटिएको गीतमामाया र विछोडको चरणलाई देखाइएको छ ।

नेपाली सेनाहरु आफ्नो परिवारलाई छोडेर देशकालागिबलिदानदिनतयार हुने विषयलाई गीतको कथामा प्रस्तुत गरिएको छ । देशकालागि लड्ने नेपाली सेना र उनको परिवारको मायालाई गीतमा प्रस्तुत गरेको छ । यस्तै भिडियोमा नेपाली सेनाको संस्कारलाई समेत कलात्मक रुपमा प्रस्तुत गरिएको छ । जसमा नेपाली सेनाको भुमिकामाआकाशअधिकारी देखिएका छन् ।
गीतले पर्यटन प्रवद्र्धनलाई समेत टेवापुग्गे गरि प्राकृतिक सौन्दर्यतालाई समेत प्रस्तुत गरेको छ । रारा तालआसपास छायाँकन गरिएको गीतले पर्यटन प्रवद्र्धनमा समेत टेवापुग्ने भन्दै विशेष अतिथीदयारामदाहालले शुभकामनाव्यक्त गरे ।उनले कोभिडको मारमा रहेको चलचित्र क्षेत्रलाई चलायमानबनाउन यस्तै खालको कार्यक्रमहरुको आवश्यकता रहेको भन्दै चलचित्रकर्मीलाई भिडियो चलचित्र, गीत, छोटो चलचित्रहरु बनाईरहनआह्वान गरे ।
यस्तै आमनेपाली सेनाहरुको कथालाई समेटिएर निर्माण भएको गीतनिकै राम्रो भएको र राष्ट्रिय गीतको रुपमा रहने दावीगर्दै प्रमूखअतिथीशेखर गोल्छाले शुभकामनाव्यक्त गरे । उनले नेपालीचलचित्र क्षेत्र र यसको चलायमानतथाश्रीवृद्धिका लागि नेपालउद्योग बाणिज्य महासंघ सधै साथमा रहने प्रतिवद्धता दिदै गीतको सफलताको लागिशुभकामनाव्यक्त गरे।

चलचित्रक्षेत्रले पनिउद्योगको मान्यतापाएको र अब यसको विकासकालागिमहासंघ समेत जिम्मेवारी हुने भन्दै चलचित्रउद्योगका समस्याहरु हल गर्न आफु पनिलागिपर्ने अध्यक्षगोल्छाले बताए ।
सुमधुर स्वरका धनीद्धय गायकआनन्दकार्की र गायिकाअञ्जु पन्तको स्वर रहेको गीतको शब्द रचनाजीतबहादुर घले (जेबी संयोगी)ले गरेका हुन् । गीतलाई कमल राईले कोरियोग्राफी गरेका छन् ।
पुरुषोत्तमप्रधानले खिचेको गीतलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन् । गीतमाआकाश र उमाको अलवाशिव भट्ट, दिप्तप्रकाशअधिकारी, ईशानविजु श्रेष्ठ, पृथ्वीलाल नेपाली, डिल्ली रावत र बालकलाकार सुरज भामको अभिनय रहेको छ । गीतलाई बाबुलगिरीले संगीतवद्ध गरेका छन् ।
समीर बलामीले संचालन गरेको भिडियो गीत सार्वजनिककार्यक्रममाप्रमूखअतिथी र विशेष अतिथीको हातबाट सहयोगी र भिडियोका टिमलाई कदर पत्र समेत प्रदान गरिएको छ ।