Friday, May 27, 2022
सदाबहार न्युज
  • मुख्य समाचार
  • समाज
  • विश्व
  • राजनिती
  • स्वास्थ्य र जीवनशैली
  • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • प्रविधि
No Result
View All Result
सदाबहार न्युज

काठमाडौंमा तीन दिने नेपाल अफ्रिका फिल्म फेस्टिबल सुरु,

Webmaster by Webmaster
April 24, 2021
in मनोरञ्जन
1 min read
0
Home मनोरञ्जन
0
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter
Post Views: 40

बियोन्डोले फुलबुट्टे गाउँदा मन्त्री दँग


काठमाडौं /
जब फुलबुट्टे सारीकी अफ्रिकन गायिका बियोन्सेले यो गीत प्रत्यक्ष रुपमा गाईन । दर्शकले उनलाई तालीले निरन्तर साथ दिए । कार्यक्रमका प्रमुख अतिथि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली देखि चलचित्र विकाश बोर्डका अध्यक्ष दयाराम दाहालसम्मसम्म पुलकित भए ।

Related posts

प्रदेश १ मा ‘चलचित्र बिकास बोर्ड’ स्थापना गर्न माग गर्दै चलचित्रकर्मीले दिए ज्ञापन पत्र

प्रदेश १ मा ‘चलचित्र बिकास बोर्ड’ स्थापना गर्न माग गर्दै चलचित्रकर्मीले दिए ज्ञापन पत्र

June 6, 2021
विकाश र समीक्षाको यो जिन्दगीको बजारमा सार्वजनिक (भिडियोसहित)

विकाश र समीक्षाको यो जिन्दगीको बजारमा सार्वजनिक (भिडियोसहित)

April 24, 2021


शुक्रबारबाट काठमाडौंको नाचघरमा सुरु भएको नवौं नेपाल अफ्रिका फिल्म फेस्टिबल २०२१ को उद्घाटन समारोहमा गायिका बियोन्सेले फुलबुट्टे सारी गीत गाएर दर्शकको मन जितेकी हुन् ।


कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिसकेशनको आयोजनामा सुरु भएको यो महोत्सबको उद्घाटन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गरे । मन्त्री ज्ञवालीले यस्ता महोत्सबले नेपाल अफ्रिकाको सम्बन्ध सँधै राम्रो हुने बताए । यस्तो अबस्थामा पनि सामाजिक दुरी कायम गरेर नवौ वर्षदेखिको महोत्सबलाई निरन्तरता दिनु आयोजक संस्थाको सराहनीय कार्य भएको मन्त्री ज्ञवालीले बताए ।

विभिन्न अफ्रिकन मुलुकका सिनेमा खोजेर महोत्सब गर्नु पनि राम्रो भएको मन्त्री ज्ञवालीले बताए । नेपाली चलचित्र निर्माताहरुको मागलाई मध्यनजर राख्दै सरकारले विदेशमा रहेका नेपाली दुताबास मार्फत अन्तराष्ट्रिय नेपाली फिल्म महोत्सब आयोजना गर्ने योजना बनाईरहेको पनि मन्त्री ज्ञावलीले जनाए ।


चलचित्र विकाश बोर्डका अध्यक्ष दयाराम दाहालले मन्त्री ज्ञवालीको भनाईलाई समर्थन गर्दै सरकारले बिदेशमा रहेका नेपाली दुतावास मार्फत चलचित्र महोत्सब गर्नेबारे आफुहरुले पहल गर्दै आएको जानकारी गराए । यस्तै नेपाल अफ्रिका चलचित्र महोत्सबसँग बोर्ड सुरु देखि नै जोडिएको र यस्तो महोत्सबले नेपाली चलचित्रको विकाशमा ठुलो मद्धत पुग्ने बताए । अहिले कोभिडका कारण सिनेमा हल बन्द भएकाले सरकारले बोर्डलाई आर्थिक सहयोग गर्नु पर्ने माग पनि उनले मन्त्रीसँग सो कार्यक्रममा राखे ।

कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसनले अफ्रिका र नेपाललाई सांस्कृतिक रुपमा जोड्न नै नियमित रुपमा यो महोत्सब गर्दै आएको आयोजक संस्था कलेज अफ जर्नालिज्मकी अध्यक्ष डा. मञ्जु मिश्रले बताईन् । कोभिडको सन्त्रास बीच पनि पूर्ण सामाजिक दुरी कायम गर्दै आफुहरुले महोत्सब आयोजना गरिरहेको उनले जानकारी गराईन् ।


सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राईले आफु सुरुका दिन देखिनै नेपाल अफ्रिका फिल्म महोत्सबसँग नजिक रहेको र महोत्सबमा सांस्कृतिक संस्थानले पनि सहकार्य गर्दै आएको बताए ।


यो महोत्सबमा आईतबार ११ बजेबाट २ बजेसम्म नेपाली र अफ्रिकन चलचित्रबारे कार्यशाला आयोजना गरिने महोत्सब निर्देशक डब्बु क्षत्रीले बताए । सुरुका दिनमा अफ्रिकन सिनेमा जुटाउन निकै गाह्रो भए पनि अहिले महोत्सबमा निकै राम्रा नेपाली र अफ्रिकन फिल्म सहभागी हुने गरेको पनि क्षत्रीले बताए । महोत्सबमा यसपटक ८ वटा नेपाली लामा छोटा चलचित्र र ९ वटा अफ्रिकन चलचित्र रहेको पनि क्षेत्रीले जानकारी गराए ।


महोत्सबमा सांस्कृतिक संस्थानका कलाकारले विभिन्न लोक नृत्य प्रस्तुत गरेर दर्शकको मन जिते । पत्रकार एवम् चलचित्र पत्रकार संघ नेपालका उपाध्यक्ष जीवन पराजुली, अभिनेता प्रदीप बास्तोला र गायिका एवम् सञ्चारकर्मी सरिता भारतीलगायतको निर्णयक समुहले महोत्सबमा नेपाली चलचित्र चयन गरेको थियो ।

महोत्सबमा चयन भएका १५ वटा चलचित्र मध्य शुक्रबार पहिलो दिन पाँच ओटा चलचित्र प्रदर्शन गरियो । जस मध्य पाँच वटा चलचित्र शुक्रबार देखाईयो । शुक्रबार महोत्सबको उद्घाटनमा जिम्वावेको चलचित्र गुड म्यान प्रदर्शन गरियो । इजिप्टको चलचित्र बबल्स र ड्राई हट समर, नामिभिया एवम् ब्राजिलको फिल्म बडी गेम प्रदर्शन गरियो । हिमाल उप्रेती निर्देशित तथा भूपेन्द्र कुमार खड्का निर्मित चलचित्र आमा पनि शुक्रबार महोत्सबमा प्रदर्शन गरिएको थियो ।

महोत्सबमा शनिबार माधवराज खरेलको दुर्गामाण्डु सहित गणेशजँग रावलको समस्या, सजल लोप्चनको गाईड र पुरुषोत्तम बस्नेतको चलचित्र सुरक्षा प्रदर्शन गरिँदैछ । यस्तै शनिबार नै पाँच वटा अफ्रिकन चलचित्र पनि प्रदर्शन गरिँदै छ ।

काठमाडौंको जमल स्थित नाचघरमा जारी यो महोत्सब आईतबार १२ बैशाखसम्म तीन दिन चल्ने छ । महोत्सबमा नेपाल र अफ्रिकाको गरेर १५ वटा लामा छोटा चलचित्रले सहभागिता जनाएका छन् ।

Facebook Comments

Related

Previous Post

तिम्रो चोखो प्रेमको नजरको भिडियो सार्वजनिक

Next Post

पुराना लोकगायक नबिन ढुङ्गेल र नबराज घोरासैनी ‘चन्द्र कुमारी’ (भिडियोसहित)

Related Posts

प्रदेश १ मा ‘चलचित्र बिकास बोर्ड’ स्थापना गर्न माग गर्दै चलचित्रकर्मीले दिए ज्ञापन पत्र
मनोरञ्जन

प्रदेश १ मा ‘चलचित्र बिकास बोर्ड’ स्थापना गर्न माग गर्दै चलचित्रकर्मीले दिए ज्ञापन पत्र

June 6, 2021
विकाश र समीक्षाको यो जिन्दगीको बजारमा सार्वजनिक (भिडियोसहित)
Uncategorized

विकाश र समीक्षाको यो जिन्दगीको बजारमा सार्वजनिक (भिडियोसहित)

April 24, 2021
पुराना लोकगायक नबिन ढुङ्गेल र नबराज घोरासैनी ‘चन्द्र कुमारी’ (भिडियोसहित)
मनोरञ्जन

पुराना लोकगायक नबिन ढुङ्गेल र नबराज घोरासैनी ‘चन्द्र कुमारी’ (भिडियोसहित)

April 24, 2021
तिम्रो चोखो प्रेमको नजरको भिडियो सार्वजनिक
मनोरञ्जन

तिम्रो चोखो प्रेमको नजरको भिडियो सार्वजनिक

April 24, 2021
गर्मि भयो धरान गितको भिडियो सार्वजनिक
मनोरञ्जन

गर्मि भयो धरान गितको भिडियो सार्वजनिक

April 23, 2021
गीतकार सुमित्रा थुलुङ आश्रुधाराको शब्द मा नयाँ गीत ‘प्रेम फुल‘ सार्वजनिक
मनोरञ्जन

गीतकार सुमित्रा थुलुङ आश्रुधाराको शब्द मा नयाँ गीत ‘प्रेम फुल‘ सार्वजनिक

April 23, 2021
Next Post
पुराना लोकगायक नबिन ढुङ्गेल र नबराज घोरासैनी ‘चन्द्र कुमारी’ (भिडियोसहित)

पुराना लोकगायक नबिन ढुङ्गेल र नबराज घोरासैनी ‘चन्द्र कुमारी’ (भिडियोसहित)

ADVERTISEMENT

POPULAR NEWS

  • बन्चरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

    बालिका हत्या आरोपमा दुई जना पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • ‘को हुन् दलित?’ पुस्तक विमोचन

    0 shares
    Share 0 Tweet 0
  • बेलकामा ३५ दिनभित्रै अक्सिजन उत्पादन हुने सम्झौता (सम्झौतासहित)

    0 shares
    Share 0 Tweet 0
  • बराहक्षेत्रमा अवैध हतियार र हरिणको मासु सहित दुई पक्राउ (फोटोसहित)

    0 shares
    Share 0 Tweet 0
  • बराहक्षेत्रमा “एक परिवार एक नमुना पिसिआर” परिक्षण गर्न कांग्रेसको माग

    0 shares
    Share 0 Tweet 0

advertisement

advertisement

advertisement

advertisement

advertisement

Facebook Twitter Google+ Youtube RSS

हाम्राे बारेमा

विकास, परिवर्तन तथा समृद्धिको संवाहक हो सदाबहारु न्यूज । हामी सञ्चार माध्यमले देशको समृद्धिमा सकारात्मक योगदान दिने कुरामा विश्वास राख्छौँ । आवाज विहिनहरुको आवाज बन्दै राष्ट्रको सच्चा पहरेदारको रुपमा सदाबहार न्यूजको भूमिका सदैव रहन्छ ।

Follow us on social media:

Recent News

  • बालिका हत्या आरोपमा दुई जना पक्राउ
  • सुनसरीमा लकडाउन थपियो, विहान ५ बजे देखि दिउसो १२ बजे सम्म सबै खोल्न पाइने
  • बेलका नगरको बजेट कस्तो आउनुपर्छ ?

Category

  • Uncategorized
  • अन्य
  • खेलकुद
  • पर्यटन
  • प्रविधि
  • मनोरञ्जन
  • मुख्य समाचार
  • राजनिती
  • रोचक
  • विचार
  • विश्व
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य र जीवनशैली

© 2021 SADABAHAR-NEWS

No Result
View All Result
  • मुख्य समाचार
  • समाज
  • विश्व
  • राजनिती
  • स्वास्थ्य र जीवनशैली
  • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • प्रविधि

© 2021 SADABAHAR-NEWS