सदाबहार न्यूज / बराहक्षेत्र राप्रपा झापाको अधिवेशनबाट केशव प्रसाद ओझा सर्वसम्मत निर्वाचित भएका छन् । निवर्तमान जिल्ला सचिव ओझा र उपाध्यक्ष कमल खरेलको अध्यक्षमा उम्मेदवारी परेको थियो ।
सहमती सहकार्यको शंदेश प्रवाह गर्दै जिल्ला समिति गठन गर्न पार्टीका केन्द्रिय नेता, जिल्लाका कार्यकर्ताहरुले सर्वसम्वत अध्यक्ष चयन गर्न जोड दिएको कारण राप्रपा झापाले आगामी कार्यकालको लागि ओझालाई अध्यक्षमा चयन गरेको निवर्तमान अध्यक्ष अमरबहादुर विष्टले बताए ।
जिल्लाको सबै क्षेत्रबाट प्रतिनिधित्व हुने गरि ३५ जना जिल्ला समितिमा उपस्थित रहेको छ ।
नवगठित कार्यसमिति पदाधिकारीहरुलाई राप्रपा केन्द्रिय महासचिव राजेन्द्र लिङदेन, केन्द्रिय सदस्यहरु विश्वमोहन थापा, भक्ती सिटौला, देवीरमण भट्टराई, राजकुमार पोखरेल, प्रदेश १ अध्यक्ष रामकुमार थापा लगायतले बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
अध्यक्ष देखि बाँकी रहेको पद भने अध्यक्षले मनोनय गर्ने पार्टीको प्रावधान रहेकाले आउदो कार्यक्रममा पद विभाजन गरिने अध्यक्ष ओझाले बताए ।
जिल्ला कार्य समितिका लागि मेचीनगरबाट शुशिल आचार्य, भेषाज प्रसाईं, सारदा पराजुली, शुशिला शर्मा, बुद्धशान्तिबाट हेमप्रसाद भट्टराई, भिमनाथ सापकोटा, अर्जुनधाराबाट मनोजकुमार बोहोरा, बिर्तामोडबाट नवराज भट्टराई, बेदप्रकास अग्रवाल, कुसुम राई, र तारा बस्नेत रहेका छन् ।
त्यसैगरी हल्दिबारीबाट शेरबहादुर नेम्वाङ, लक्ष्मीदेवी मैनाली, दिलकेशर थापा, भद्रपुरबाट सीतदेवी लम्साल, अभिषेक ढुङगाना, कृष्णकुमार सुब्बा, बाह्रदशी देखि खगेन्द्रप्रसाद पाण्डे, कचनकवलबाट निमसरी राजवंशी, रुद्रमणी अर्याल, कनकाईबाट राम न्यौपाने, खेमराज कार्की, झापा गाउँपालिकाबाट तारामाया राई, सहरमान कटुवाल, शिवसताक्षी देखि शंकर नेपाल, विष्णुभक्त थापा, दमक देखि विजय बराल, भिमादेवी घताने, गौरादहबाट राम तामाङ, भिमबहादुर बस्नेत, भरीपूर्ण राई, कमल गाउँपालिकाबाट विष्णुप्रसाद पौडेल, सेलीना राई रहेका छन् त्यसैगरी देवीबहादुर थापा र चन्द्रबहादुर थापा निर्वाचित भएका छन् ।
निर्वाचन समिति संयोजक भवानी राजवंशीको अध्यक्षतामा आयोजित कार्यक्रममा निर्वाचन समितिका टंक कटुवालले कार्यक्रमको संचालन गरेका थिए ।