प्रयाप्त मात्रामा खोप उपलब्ध गराउन नसक्नु हाम्रो कमजोरी अध्यक्ष खत्री
मदन अधिकारी / भोजपुर संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महुली लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय वालांखाले शुक्रबारका भोजपुर जिल्ला स्थित आमचोक गाउपालिकामा सन्चालनमा आएको कोभिड १९ बिरुद्धको भेरोसेल खोप अभियानलाई लक्षित गरि आज एक कार्यक्रमका बिच वृद्ध वृद्धालाई लाक्षित गरी स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

राष्ट्रव्यापि खोप अभियानलाई सहयोग पुर्याउन तथा वृद्धहरुको स्वास्थ्यलाई ख्याल गरि स्वास्थ्य सामाग्री उपलब्ध गराएको वित्तीय संस्थाका बालंखा शाखा शाखा प्रवन्धक टोकनाथ न्यौपानेले जानकारी गराए ।
सोही अवसरमा आमचोक गा।पा। वडा नम्बर ४ का वडा अध्यक्ष नेत्र बहादुर खत्रीले महुलीको यस परोपकारी धर्मलाई खुलेर तारीफ गर्दै सामाजिक क्षेत्रमा अगाडि बड्न हौसला प्रदान गरेका छन् भने उनले सोही अवसरमा हामीलाई आवश्यक अनुसारको खोप ल्याउन नसक्नु हाम्रो कमजोरी रहेको बताउदै खोप लगाउनबाट भने कसैलाई बन्चित नगराउने बताएका छन् । खत्रीले आवश्यकता अनुसारको खोप हामी तत्काल उपलब्ध गराउन पहल भैरहेको समेत बताएका छन् ।

यता आमचोक गा।पा। स्थित स्वास्थ्य चौकी प्रमुख हेमराज बिष्टले यस भेरोसेल खोप अभियानमा सबै जोडिन समेत आवाहन गरेका छन् । भने महुली लघुवित्तलाई धन्यवाद समेत दिएका छन् ।
यता उक्त खोप अभियानलाई लक्षित गरि महुली लघुवित्तद्वारा इप्रका आमचोक इन्चार्ज मन बहादुर शुवेडि, प्रहरी चौकि दुम्मानाका प्रहरी प्रमुख तथा चुमुलुङ्मा एफ एम का स्टेसन मेनेजर राजिन कुमार राईलाई समेत स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको थियो
