Wednesday, August 17, 2022
सदाबहार न्युज
  • मुख्य समाचार
  • समाज
  • विश्व
  • राजनिती
  • स्वास्थ्य र जीवनशैली
  • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • प्रविधि
No Result
View All Result
सदाबहार न्युज

बेलका नगरको बजेट कस्तो आउनुपर्छ ?

Webmaster by Webmaster
June 21, 2021
in मुख्य समाचार, समाज
2 min read
0
Home मुख्य समाचार
0
SHARES
72
VIEWS
Share on FacebookShare on Twitter
Post Views: 129

रमेश पौडेल । बेलका
०७ असार । उदयपुरको बेलका नगरपालिकाले आगामी आर्थिक वर्ष ०७७।०७८ को बजेटका लागि तयारी तीव्र बनाएको छ । अहिले बेलका नगर कार्यपालिकाको बैठक बस्ने, नीतिगत छलफल भईरहेको कार्यपालिका सदस्यहरु बताउँदै आएका छन् ।


नगरप्रमुख दुर्गाकुमार थापाको यो यो कार्यकालमा आउने यो अन्तिम बजेट हो । अन्तिम बजेट कस्तो आउने हो भन्ने सर्वत्र चासोको विषय बनेको छ । कोरोना महामारीका कारण संघीय तथा प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याएका छन् ।

Related posts

बन्चरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

बालिका हत्या आरोपमा दुई जना पक्राउ

June 21, 2021
सुनसरीमा लकडाउन थपियो, विहान ५ बजे देखि दिउसो १२ बजे सम्म सबै खोल्न पाइने

सुनसरीमा लकडाउन थपियो, विहान ५ बजे देखि दिउसो १२ बजे सम्म सबै खोल्न पाइने

June 21, 2021

संघीय सरकारले बेलकालाई ३० करोड ७ लाख ४८ हजार ३ सय ६ रुपैयाँ दिएको छ । स्वास्थ्य क्षेत्र लगायत अन्य क्षेत्रमा बजेटले प्राथमिकता पाउँने नै छ । तर, त्यसको कार्यान्यवनको पाटो उत्तिकै चुनौतीपूर्ण छ । अब आगामी आर्थिक वर्षको बजेटमा केकस्ता विषयहरु समावेश हुनुपर्छ भन्ने विषयमा चर्चा गरौं ।

बजेटले समट्नु पर्ने विषय
निवार्चन भएको चार वर्ष वित्ता समेत बेलका नगरपालिकामा दमकल किन्ने चर्चा समेत भएको छैन । बेलकामा आगोलागिका विभिन्न घटनाहरु हुने गरेको छ, तर आगो नियन्त्रणमा लिन दमकल अन्य नगरपालिकाबाट आउनुपर्ने बाध्यता छ । यस आर्थिक वर्ष दमकल खरिदको लागि बजेट विनियोजन गर्न जरुरी छ ।


बेलकामा बाढीले पनि बेला बखतामा समस्यामा पार्छ । अझ ठूलो नदि सप्तकोसी पनि यहीँ पर्ने भएकाले थप चुनौती छ । नदिले वर्षनि बेलका क्षेत्रको भूमिहरु कटान गरीरहेको हुन्छ, कटानको विषयमा यो वर्षको बजेटमा समावेस हुन जरुरी छ ।


बेलकाको १, २, र ३ वडामा वर्षनी बाढीले डुवान हुने गरेको छ । त्यस क्षेत्रको विषयमा अहिले सम्म कुनैपनि ठोस कदम चालिएको देखिन्दैन । अबको आउने बजेटमा बाढी प्रभावित क्षेत्रहरुलाई व्यवस्थापनको निम्ति बजेट विनियोजन गर्न जरुरी छ ।


बेलका ६ मा पर्ने धार्मिक पर्यटनको सम्भावना बोकेको प्रसिद्ध धार्मीक स्थल देउता थानमा अहिले सम्म कुनै बजेटको ब पनि परेको छैन । त्यस्तै आर्को बेलकाको इतिहास बोकेको बेलका जंगलको बेलका मन्दिरनिमार्णमा खासै चासो दिईएको छैन् । अवको बजेटमा त्यस्ता धार्मिक महत्व बोकेको ठाउँहरुलाई विशेष बजेट विनियोजनको व्यवस्था गर्न जरुरी छ ।

बेलकाको मुर्दाघाट कोशी नदिलको किनारमा दाहासंस्कार गर्न ल्याउँदा पानी पहिरोेमा मलामी भिज्नु पर्ने बाध्यता छ । व्यवस्थित् मुर्दाघाट समेत छैन । त्यसलाई पूर्णरुपमा बनाउन यो वर्ष बजेट विनियोजन गर्न जरुरी रहेको छ ।


बेलकामा हजारौको संख्यामा नीजि व्यवसायहरु रहेको छ । हजारौ भएको व्यवसाय मध्ये केही मात्रामा मात्र करको दायरामा आएका छन् । बेलका उद्योग बाणिज्य संघ लगायतको संस्थाहरुको सहकार्यमा करको दायरामा ल्याउन आवश्यक नियम कानुन बनाउनु पर्नेछ ।

नियमितरुपमा कर तिर्ने नीजि व्यवसायीहरुलाई पुरुस्कृत, प्रोत्साहन जस्ता कार्यक्रमहरु यस बेजेटबाट ल्याउन जरुरी रहेको छ ।


स्थानीय मिडियाहरुलाई प्रोत्साहन गर्ने खालको कार्यक्रम ल्याउन जरुरी छ । स्थानीय पत्रकारलाई अगाडि बढाउन तालिम, फेलोसिप, पुरुस्कृत जस्ता कार्यक्रम ल्याउन जरुरी देखिएको छ ।


स्थानीय सरकारले गराउने विभिन्न सीपमूलक तालिमहरुमा पहुँच भएकालाई भन्दा पनि पछाडी परेका वर्ग, समुदाय, क्षेत्रका व्यक्तिहरुलाई लक्षित गरि तालिमको व्यवस्थापन गर्न जरुरी छ ।


नगरबाट हुने अनुगमनलाई अझ सशक्त ढंगले लाग्नुपर्ने देखिन्छ । लकडाउनको बेला वा अन्य चाडपर्वको बेला दैनिक उपभोग्य बस्तुको मुल्यबृद्धि, नीजि तथा सरकारी स्कुलहरुको नियमित अनुगमनको व्यवस्थालाई पूर्णरुपमा कार्यान्यवन गर्न विशेष व्यवस्था मिलाउन जरुरी छ । लगायतका कुराहरुमा बेलका नगरपालिकाले बजेट बनाउदा ध्यान दिनु पर्ने अबस्था छ ।

पूर्वाधार विकासमा ध्यान दिनुपर्छ ः राजनीतिक दल
सतारुढ नेकपा एमालेका बेलका नगर अध्यक्ष गणेश बस्नेत विकासलाई प्राथमिकतामा राखेर पिछडिएका वर्गलाई उकास्ने किसिमको बजेट ल्याउनु पर्ने बताउँछन् । यस अघि थालिएका योजनाहरुलाई पनि पुरा गर्नका लागि बजेटको प्राथमिकतामा पर्नु पर्ने अध्यक्ष बस्नेततको सुझाव छ । आफ्नै पार्टी नेतृत्वको सरकार भएकाले यो विषयले प्राथमिकता पाउनेमा उनी ढुक्क देखिन्छन् ।


‘बेलका नगरपालिकाले अगाडि थालेका योजनाहरुलाई प्रारम्भः गर्दै समग्र क्षेत्रको विकाश र पिछडिएका वर्गको हितमा बजेट ल्याउनुपर्छ’ उनी भन्छन्, ‘त्यस्तो बजेट बेलका नगरले ल्याउने भन्ने विस्वास छ ।’


प्रमुख प्रतिपक्ष दल कांग्रेसका नगर सभापति सुशील सेढाई भौतिक पूर्वाधार क्षेत्रमा अलि जोड गर्नु पर्ने बताउँछन् । सडकहरुमा केहि सुधार गर्ने पर्ने अवस्थामा रहेो र त्यसतर्फ अलि ध्यान दिनु पर्ने सभापति सेढाईको सुझाव छ । उनले नगरको तपेश्वरी खण्डमा सडक पूर्वाधारका लागि आवश्यक बजेट विनियोजन हुनुपर्ने बताए ।


नेकपा माओवादीका नगर अध्यक्ष मनोज तामाङ विगतको बजेट जनमूखी हुन नसकेको बताउँछन् । अबको बजेट भने केहि उपलब्धीपूर्ण हुनुपर्ने उनको सुझाव छ । ‘बजेट जनमुखी हुनुपर्छ, अघिल्ला वर्षको बजेट हेरियो तर खासै उपलब्धिूुलक देखिएन’ अध्यक्ष तामाङले भने, ‘सवैतिर खुद्रे बजेट छर्ने भन्दा पनि प्रभावकरी काम हुनुपर्यो, पूर्वाधार विकासमा अबको बजेट केन्द्रित भएर आउनुपर्यो ।’


मजदुरहरुलाई हेर्ने खालको, कोरोना महामरीमा खटिएका व्यक्तिको लागि केहि प्याकेजहरु ल्याएर जनवर्गीय खालको बजेट ल्याउनुपर्ने उनको सुझाव छ । संघमा देखिएको सत्तारुढ दलको आन्तरिक किचलोकाको बाछिटा बेलका नगरसम्मै छ ।

एमालेको खनाल–नेपाल समूहले यहाँ पनि समानान्तर गतिविधि गरिरहेको छ । यस समूहका अध्यक्ष धनपति आचार्य चुनावमूखी बजेट नगरले ल्याउन नहुने बताउँछन् । यस अघिका बजेटहरु टालटुले आउने गरेको भन्दै उनले अबको बजेट जनताले समेत अभाष गर्न सक्ने आउनु पर्ने बताए । राप्रपाका नगर अध्यक्ष टिकाराम शर्मा बेरोजगारी अन्त्य गर्न तर्फ बजटेले ध्यान दिनु पर्ने बताउँछन् ।

‘मेयरले गलत नजिर बसाले’
गत चुनावमा बेलका नगरको मेयरका प्रत्यासी अशोक कार्कीले नगर सरकार एकलौटी ढंगले अघि बढिरहेको बताए । उनले नगरका मेयर थापाले प्रतिपक्षीहरुसँग बजेटका विषयमा सल्लाह नगरेर गलत नजिर बसालेको आरोप लगाए ।


‘बजेट भनेको कुनै दलका लागि वा कुनै नेताका लागि नभई नगरवासीका लागि आउनु पर्ने बजेट हो, बजेटका विषयमा बेलकामा प्रतिपक्षसँग बजेटको बारेमा सल्लाह गरेर ल्याउदा राम्रो हुन्छ’ कांग्रेस नेता समेत रहेका कार्कीले भने, ‘तर प्रतिपक्षसँग सल्लाह नै नगर्ने, सुझाव नै ग्रहण नगर्ने नजिर मेयर दुर्गा थापा (स्वस्ती)ले स्थापित गरेका छन् ।’

नेता भट्टराई भन्छन्– पुँजीगत खर्चमा ध्यान दिनुपर्छ
नेकपा माओवादी केन्द्रका नेता रमन भट्टराई बेलका नगरले विकास बजेट (पुँजीगत) समयमा नै खर्च गर्नेतर्फ ध्यान दिनु पर्ने बताउँछन् । बजेट ल्याउदा कायाृन्वयनको पक्ष पनि हेर्नु पर्ने उनी बताएँछन् ।


पुँजीगत खर्चको अवस्था अहिले पनि दयनीय रहेको छ । पुँजीगत खर्च अत्यन्तै कम गर्ने अनि चालु खर्चमा जोड गर्ने परिपाटी अब तोड्नु पर्ने उनको सुझाव छ । कसरी हुन्छ पुँजीगत खर्च बढाउने र चालु खर्च कम गर्ने तर्फ नगर सरकारले सोच्नु पर्ने उनले बताए ।

Facebook Comments

Related

Previous Post

बेलका नगरमा राजनीतिक भागबण्डामा कोरोना खोप

Next Post

सुनसरीमा लकडाउन थपियो, विहान ५ बजे देखि दिउसो १२ बजे सम्म सबै खोल्न पाइने

Related Posts

बन्चरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
समाज

बालिका हत्या आरोपमा दुई जना पक्राउ

June 21, 2021
सुनसरीमा लकडाउन थपियो, विहान ५ बजे देखि दिउसो १२ बजे सम्म सबै खोल्न पाइने
समाज

सुनसरीमा लकडाउन थपियो, विहान ५ बजे देखि दिउसो १२ बजे सम्म सबै खोल्न पाइने

June 21, 2021
लियो क्लब अर्फ दन्तकाली धरानको अध्यक्षमा पोषण श्रेष्ठ
समाज

लियो क्लब अर्फ दन्तकाली धरानको अध्यक्षमा पोषण श्रेष्ठ

June 12, 2021
युवा नेता प्रदिपद्धरा बराहक्षेत्रका अति विपन्न अपाङ्लाई राहात वितरण
समाज

युवा नेता प्रदिपद्धरा बराहक्षेत्रका अति विपन्न अपाङ्लाई राहात वितरण

June 12, 2021
पाँचथरको कुम्मायक गाउँपालिका—२ शेर्माले स्वास्थ्य सामाग्री सहयोग
समाज

पाँचथरको कुम्मायक गाउँपालिका—२ शेर्माले स्वास्थ्य सामाग्री सहयोग

June 11, 2021
बराहक्षेत्रमा अवैध हतियार र हरिणको मासु सहित दुई पक्राउ (फोटोसहित)
मुख्य समाचार

बराहक्षेत्रमा अवैध हतियार र हरिणको मासु सहित दुई पक्राउ (फोटोसहित)

June 11, 2021
Next Post
सुनसरीमा लकडाउन थपियो, विहान ५ बजे देखि दिउसो १२ बजे सम्म सबै खोल्न पाइने

सुनसरीमा लकडाउन थपियो, विहान ५ बजे देखि दिउसो १२ बजे सम्म सबै खोल्न पाइने

ADVERTISEMENT

POPULAR NEWS

  • बन्चरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

    बालिका हत्या आरोपमा दुई जना पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • ‘को हुन् दलित?’ पुस्तक विमोचन

    0 shares
    Share 0 Tweet 0
  • बेलकामा ३५ दिनभित्रै अक्सिजन उत्पादन हुने सम्झौता (सम्झौतासहित)

    0 shares
    Share 0 Tweet 0
  • बराहक्षेत्रमा अवैध हतियार र हरिणको मासु सहित दुई पक्राउ (फोटोसहित)

    0 shares
    Share 0 Tweet 0
  • बराहक्षेत्रमा “एक परिवार एक नमुना पिसिआर” परिक्षण गर्न कांग्रेसको माग

    0 shares
    Share 0 Tweet 0

advertisement

advertisement

advertisement

advertisement

advertisement

Facebook Twitter Google+ Youtube RSS

हाम्राे बारेमा

विकास, परिवर्तन तथा समृद्धिको संवाहक हो सदाबहारु न्यूज । हामी सञ्चार माध्यमले देशको समृद्धिमा सकारात्मक योगदान दिने कुरामा विश्वास राख्छौँ । आवाज विहिनहरुको आवाज बन्दै राष्ट्रको सच्चा पहरेदारको रुपमा सदाबहार न्यूजको भूमिका सदैव रहन्छ ।

Follow us on social media:

Recent News

  • बालिका हत्या आरोपमा दुई जना पक्राउ
  • सुनसरीमा लकडाउन थपियो, विहान ५ बजे देखि दिउसो १२ बजे सम्म सबै खोल्न पाइने
  • बेलका नगरको बजेट कस्तो आउनुपर्छ ?

Category

  • Uncategorized
  • अन्य
  • खेलकुद
  • पर्यटन
  • प्रविधि
  • मनोरञ्जन
  • मुख्य समाचार
  • राजनिती
  • रोचक
  • विचार
  • विश्व
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य र जीवनशैली

© 2021 SADABAHAR-NEWS

No Result
View All Result
  • मुख्य समाचार
  • समाज
  • विश्व
  • राजनिती
  • स्वास्थ्य र जीवनशैली
  • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • प्रविधि

© 2021 SADABAHAR-NEWS