प्तरी / बालिकाको हत्या आरोपमा सप्तरी प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
डाक्नेश्वरी नगरपालिका–३ हटेल बस्ने रामउदगार यादवकी छोरी नौ वर्षीया शिवानीकुमारीको हत्या आरोपमा प्रहरीले सोही ठाउँका १९ वर्षीय रोहितकुमार यादव र राजु यादवलाई पक्राउ गरेको हो ।
हँसियाले घाँटी काटेर हत्या गरिएका अवस्थामा गत शुक्रबार शिवानीको शव हटेल पुवरिया टोलस्थित फूलबारीमा फेला परेको थियो । शवको धरानस्थित बीपी प्रतिष्ठानमा शनिबार परीक्षण भएको थियो ।
यौन दुर्व्यवहारपछि हत्या गरेका आरोपमा रोहितलाई पक्राउ गरेपछि थप अनुसन्धानका लागि आज राजुलाई समेत सोधपुछ गर्न नियन्त्रणमा लिइएको सप्तरी प्रहरीले जनाएको छ ।